लिपमोटरमा चिनियाँ सरकारको स्वामित्व भएको एफएडब्लु समूहको प्रवेश
चिनियाँ सरकारी स्वमित्वमा संचालित एफएडब्लु समूहले लिपमोटरमा ३.७४ अर्ब...
काठमाडौं– होजोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्सले बिक्री गर्दै आएको इलेक्ट्रिक कार नेटा भी खरिद गर्दा २० प्रतिशतको डाउनपेमेन्टमा सहज कर्जा उपलब्ध हुने भएको छ ।
गाडी किन्दा ग्राहकहरुलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराउने कम्पनीले जनाएको छ । नेपालभरका प्रभु बैंक, कामना सेवा बैंक, एनएमबी बैंक र नबिल बैंक बाट सहज कर्जा उपलब्ध हुने कम्पनीको भनाई छ ।
यस्तो छ नेटा भी
नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो । जसमा कम्पनीले ३८.५ किलोवाट आवर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ ।
डीसी फास्ट चार्जरबाट २० मिनेट हाराहारीमा नै ३० देखि ८० प्रतिशत चार्ज हुने गाडीले फूल चार्जमा ३८० किलोमिटरसम्मको रन्जे दिने कम्पनीको दाबी छ । विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भीको ब्याट्रीसहित मोटरमा कम्पनीले १ लाख ५० हजार किलोमिटर अर्थात ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधा समेत पाउने छन् ।
यसका साथै फेस्टिबल अफर अन्तर्गत हाल नेटा भी मा डिक्की फुल अफर पनि चलिरहेको छ । जसमा ग्राहकले विभिन्न इलेक्ट्रोनिक उपकरणहरु उपहारको रुपमा पाउनेछन् ।
चिनियाँ सरकारी स्वमित्वमा संचालित एफएडब्लु समूहले लिपमोटरमा ३.७४ अर्ब...
केई नेपालले आफ्नो बहुप्रतिक्षित वार्षिक कार्यक्रम ‘केई एक्सचेन्ज...
काठमाडौं – नेपाली बजारमा चीनको नम्बर वान ईभी ब्रान्ड आइमाका इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...