नेटा भी खरिद गर्दा ८० प्रतिशत कर्जा सहजै पाइने

काठमाडौं– होजोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्सले बिक्री गर्दै आएको इलेक्ट्रिक कार नेटा भी खरिद गर्दा २० प्रतिशतको डाउनपेमेन्टमा सहज कर्जा उपलब्ध हुने भएको छ ।

गाडी किन्दा ग्राहकहरुलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराउने कम्पनीले जनाएको छ । नेपालभरका प्रभु बैंक, कामना सेवा बैंक, एनएमबी बैंक र नबिल बैंक बाट सहज कर्जा उपलब्ध हुने कम्पनीको भनाई छ ।

यस्तो छ नेटा भी
नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो । जसमा कम्पनीले ३८.५ किलोवाट आवर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ ।

डीसी फास्ट चार्जरबाट २० मिनेट हाराहारीमा नै ३० देखि ८० प्रतिशत चार्ज हुने गाडीले फूल चार्जमा ३८० किलोमिटरसम्मको रन्जे दिने कम्पनीको दाबी छ । विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भीको ब्याट्रीसहित मोटरमा कम्पनीले १ लाख ५० हजार किलोमिटर अर्थात ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधा समेत पाउने छन् ।

यसका साथै फेस्टिबल अफर अन्तर्गत हाल नेटा भी मा डिक्की फुल अफर पनि चलिरहेको छ । जसमा ग्राहकले विभिन्न इलेक्ट्रोनिक उपकरणहरु उपहारको रुपमा पाउनेछन् ।

सम्बन्धित समाचारहरू

बीवाइडी एट्टो३ को क्रेज भारतमा पनि बढ्दो, एकैदिन २०० जनालाई गाडी हस्तान्तरण

बीवाइडी एट्टो३ को क्रेज भारतमा पनि बढ्दो, एकैदिन २०० जनालाई गाडी हस्तान्तरण

भारतमा बुधवार एकैदिन २०० जना ग्राहकलाई एट्टो३ हस्तान्तरण गरिएको छ ।...

एचईभी–३०० मा लग्जरी कारमा पाईने सबैजसो फिचर छ : श्याम सुन्दर सापकोटा

एचईभी–३०० मा लग्जरी कारमा पाईने सबैजसो फिचर छ : श्याम सुन्दर सापकोटा

हामीसंग अहिले हेनरी मोडल एच र भोल्ट्स एचईभी–३०० उपलब्ध छ । एचईभी–३०० लाई...

चर्चामा दुई इलेक्ट्रिक ह्याचब्याक, वुलिङ बिंगो र टाटा टियागोमा कुन किन्ने ?

चर्चामा दुई इलेक्ट्रिक ह्याचब्याक, वुलिङ बिंगो र टाटा टियागोमा कुन किन्ने ?

विगत लामो समययता ओझेलमा पर्दै आएको ह्याचब्याक सेग्मेन्ट ईभीको आगमनसँगै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...