४० किलोवाट मोटरमा पनि आयो नेटा भीको फेसलिफ्ट, नेपालमा छिट्टै आउन सक्ने

चिनीयाँ ईभी निर्माता नेटाले आफ्नो सानो र सस्तो कार ‘भी’को फेसलिफ्ट लन्च गरेको छ । ‘एया’ नामले आएको सो कारको मूल्य चीनमा १० हजार ३०० डलर निर्धारण गरिएको छ । नेटा भी चीन, थाइल्यान्ड र नेपाल लगायत देशहरुमा विक्री हुँदै आएको इलेक्ट्रिक क्रसओभर हो ।

सो नयाँ कारलाई कम्पनीले दुईवटा पावरट्रेनमा लन्च गरेको हो । जसमध्ये एउटामा ४० किलोवाट र अर्कोमा ७५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । नेपाली बजारमा यसको ७५ किलोवाट मोटरजडित नेटा भी बिक्री हुँदै आएकोमा अव ४० किलोवाटको नयाँ पावरट्रेन सहित यसको फेसलिफ्ट मोडल आउनसक्ने संभावना देखिएको छ ।

४० किलोवाट सम्मका इभीमा जम्मा १० प्रतिशतमात्र भन्सार लाग्ने हुँदा यो नयाँ भेरिएन्टलाई नेपालका लागी आधिकारिक विक्रेता सिजी मोटर्सले छिट्टै भित्र्याउन सक्ने संभावना देखिएको हो । नेटा भी फेसलिफ्टको रेन्ज ४०० र ३१८ किलोमिटर रहेको कम्पनीले दावी गरेको छ ।

सो फेसलिफ्ट मोडलको इन्टेरियरमा कुनै परिवर्तन गरिएको छैन । नेटा भीमा उपलब्ध फिचर टु–स्पोक स्पोर्टी स्टेरिङ ह्विल, १४.६ इन्चको स्क्रिन र १२ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल लगायत फिचर एयामा पनि पाउन सकिन्छ । यसको इन्टेरियरमा भने सामन्य परिवर्तन गरी व्ल्याक–ह्वाइट कलर पेन्ट स्किम दिइएको छ । नयाँ मोडलको वाहिरी भागमा पनि सामान्य परिवर्तन सहित लुक्स र डिजाइनलाई रिफ्रेस गरिएको छ ।

सम्बन्धित समाचारहरू

प्रोटोनको दोस्रो ईभी ईमास ५ यही वर्ष आउने

प्रोटोनको दोस्रो ईभी ईमास ५ यही वर्ष आउने

नेपाली बजारमा हालै प्रोटोनको नयाँ ईभी ईमास ७ भित्रिएको छ । मलेसिया पछि...

बीवाईडी सिल रुचाउने ग्राहकको रोजाइ : लक्जरी, पावर एवं पर्फमेन्स र उच्च रेन्ज

बीवाईडी सिल रुचाउने ग्राहकको रोजाइ : लक्जरी, पावर एवं पर्फमेन्स र उच्च रेन्ज

बीवाईडीको नयाँ इलेक्ट्रिक सेडान सिलले अहिले नेपाली बजारमा निकै चर्चा...

विश्व ईभी दिवस: नेपालमा किन विद्युतीय सवारी साधन आवश्यक छ

विश्व ईभी दिवस: नेपालमा किन विद्युतीय सवारी साधन आवश्यक छ

सेप्टेम्बर ९ मा विश्व ईभी दिवस मनाइन्छ । विद्युतीय सवारी साधनहरू संसारभरि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...