४० किलोवाट मोटरमा पनि आयो नेटा भीको फेसलिफ्ट, नेपालमा छिट्टै आउन सक्ने

चिनीयाँ ईभी निर्माता नेटाले आफ्नो सानो र सस्तो कार ‘भी’को फेसलिफ्ट लन्च गरेको छ । ‘एया’ नामले आएको सो कारको मूल्य चीनमा १० हजार ३०० डलर निर्धारण गरिएको छ । नेटा भी चीन, थाइल्यान्ड र नेपाल लगायत देशहरुमा विक्री हुँदै आएको इलेक्ट्रिक क्रसओभर हो ।

सो नयाँ कारलाई कम्पनीले दुईवटा पावरट्रेनमा लन्च गरेको हो । जसमध्ये एउटामा ४० किलोवाट र अर्कोमा ७५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । नेपाली बजारमा यसको ७५ किलोवाट मोटरजडित नेटा भी बिक्री हुँदै आएकोमा अव ४० किलोवाटको नयाँ पावरट्रेन सहित यसको फेसलिफ्ट मोडल आउनसक्ने संभावना देखिएको छ ।

४० किलोवाट सम्मका इभीमा जम्मा १० प्रतिशतमात्र भन्सार लाग्ने हुँदा यो नयाँ भेरिएन्टलाई नेपालका लागी आधिकारिक विक्रेता सिजी मोटर्सले छिट्टै भित्र्याउन सक्ने संभावना देखिएको हो । नेटा भी फेसलिफ्टको रेन्ज ४०० र ३१८ किलोमिटर रहेको कम्पनीले दावी गरेको छ ।

सो फेसलिफ्ट मोडलको इन्टेरियरमा कुनै परिवर्तन गरिएको छैन । नेटा भीमा उपलब्ध फिचर टु–स्पोक स्पोर्टी स्टेरिङ ह्विल, १४.६ इन्चको स्क्रिन र १२ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल लगायत फिचर एयामा पनि पाउन सकिन्छ । यसको इन्टेरियरमा भने सामन्य परिवर्तन गरी व्ल्याक–ह्वाइट कलर पेन्ट स्किम दिइएको छ । नयाँ मोडलको वाहिरी भागमा पनि सामान्य परिवर्तन सहित लुक्स र डिजाइनलाई रिफ्रेस गरिएको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक भेइकल फ्लिट अपरेसनका लागि एकैपटक ५० इलेक्ट्रिक गाडीको अर्डर

इलेक्ट्रिक भेइकल फ्लिट अपरेसनका लागि एकैपटक ५० इलेक्ट्रिक गाडीको अर्डर

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक र स्पार्क...

आविष्कार केन्द्रलाई टेल्जी इलेक्ट्रिक स्कुटर, नेपाली भूगोल सुहाउदो बनाउन अनुसन्धान गरिने

आविष्कार केन्द्रलाई टेल्जी इलेक्ट्रिक स्कुटर, नेपाली भूगोल सुहाउदो बनाउन अनुसन्धान गरिने

काठमाडौं – टेल्जी नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक...

विश्व ईभी बजारमा चीन एक्लैको हिस्सा ६१ प्रतिशत

विश्व ईभी बजारमा चीन एक्लैको हिस्सा ६१ प्रतिशत

चीनमा पछिल्लो समय इलेक्ट्रिक भेइकलको बिक्रीले एकपछि अर्को नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...