इलेक्ट्रिक कार नेटा भी पनि एक्सचेन्जमा पाइने, पुरानो गाडीसँग साट्न सकिने

काठमाडौं – नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नेटा भी इलेक्ट्रिक कार एक्सचेन्ज गर्न सकिने अफर ल्याएको छ । यस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने छ ।

काठमाडौंको विशालनगरस्थित शोरुममार्फत यो सुविधा उपलब्ध हुनेछ । पुरानो कारको उपयुक्त भ्यालुएसन गरिने र नेटा भी उपलब्ध गराइने कम्पनीको भनाइ छ ।

नेटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा रहेको छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको कम्पनीको भनाइ छ ।

यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध छ ।

यो कारमा प्रयोग भएको ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म पुग्न जम्मा २० मिनेटमात्र लाग्ने छ । 

सम्बन्धित समाचारहरू

ईभी मर्मतका लागि ६ महिने ‘अन द जब ट्रेनिङ’ दिदै काठमाडौं महानगरपालिका, यसरी दिनुस् आवेदन

ईभी मर्मतका लागि ६ महिने ‘अन द जब ट्रेनिङ’ दिदै काठमाडौं महानगरपालिका, यसरी दिनुस् आवेदन

काठमाडौं – इलेक्ट्रिक सवारी साधन अर्थात ईभी मर्मतका लागि काठमाडौं...

सबैभन्दा बढी रेन्ज भएको इलेक्ट्रिक स्कुटर सिम्पल वान लन्च, यस्तो छ विशेषता

सबैभन्दा बढी रेन्ज भएको इलेक्ट्रिक स्कुटर सिम्पल वान लन्च, यस्तो छ विशेषता

इन्डियन स्टार्टअप सिम्पल इनर्जीले आफ्नो पहिलो विद्युतीय स्कुटर सिम्पल...

यी स्थानमा बन्दै छ विद्युत प्राधिकरणको चार्जिङ स्टेशन : निर्माण कार्यमा तीव्रता

यी स्थानमा बन्दै छ विद्युत प्राधिकरणको चार्जिङ स्टेशन : निर्माण कार्यमा तीव्रता

काठमाडौं – नेपाल विद्युत प्रधिकरणले विद्युतीय सवारी चार्ज गर्न चार्जिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...