शुरुमा ५ लाख बुझाएर नेटा भी किन्न सकिने

काठमाडौं – इलेक्ट्रिक कार नेटा नेटा भी ५ लाख डाउन पेमेन्टमै किन्न सकिने भएको छ । नेपालका लागि नेटा भीको आधिकारिक वितरक सीजी मोटर्सले यो अफर ल्याएको हो ।

नेटा भीको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ छ । यसको डाउन पेमेन्ट २० प्रतिशतको हिसाबले ७ लाख ८० हजार रुपैयाँ रहने भए तापनि कम्पनीले प्रदान गर्ने छुटलाई डाउन पेमेन्टमै मिलाएर लिन सकिने भएको हो ।

यस अनुसार ७ वर्ष सम्म मासिक रुपमा करिव ५२ हजार रुपैयाँ किस्ताबन्दी तिर्न सकिने छ । यसबाट थोरै आय भएका र शुरुमा धेरै डाउन पेमेन्ट तिर्न नसक्नेलाई सहज हुनेछ ।

नेटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा रहेको छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको कम्पनीको भनाइ छ ।

सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध छ ।

यो कारमा प्रयोग भएको ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म पुग्न जम्मा २० मिनेटमात्र लाग्ने छ । 

सम्बन्धित समाचारहरू

ल्याम्बोर्गिनीले समेत इलेक्ट्रिक गाडी ल्याउने, पहिलो इलेक्ट्रिक कन्सेप्ट मोडल सार्वजनिक

ल्याम्बोर्गिनीले समेत इलेक्ट्रिक गाडी ल्याउने, पहिलो इलेक्ट्रिक कन्सेप्ट मोडल सार्वजनिक

ल्याम्बोर्गिनीले २०२३ मोटर कार विकमा आधिकारिक रूपमा ल्यान्जाडोरको...

चार्जकै क्रममा ज्यागुअर आई–पेस इलेक्ट्रिक कारमा आगलागी

चार्जकै क्रममा ज्यागुअर आई–पेस इलेक्ट्रिक कारमा आगलागी

अमेरिकाको क्यालिफोर्नियामा चार्ज गरिरहेको समयमा ज्यागुअर आई–पेस...

सेगवे नाइनबोटको ई–१०० इलेक्ट्रिक स्कुटर अब नेपालमा, मूल्य २ लाख ९१ हजार

सेगवे नाइनबोटको ई–१०० इलेक्ट्रिक स्कुटर अब नेपालमा, मूल्य २ लाख ९१ हजार

काठमाडौं – अमेरिकी ब्रान्ड सेगवे नाइनबोटको इलेक्ट्रिक स्कुटर ई–१००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...