नेटा लाइनअपमा थपिँदै तीन नयाँ मोडल, नेटा एक्स अर्को महिना लन्च हुने

चिनियाँ ईभी निर्माता होजोन मोटर्सले दुई वर्षभित्र थप तीन नयाँ मोडल लन्च गर्ने घोषणा गरेको छ । यी नयाँ मोडलमा एउटा नेटा एक्स हुने निश्चित भइसकेपनि वाँकी दुई मोडलका बारेमा भने प्रष्ट जानकारी आइसकेको छैन । नयाँ ईभीको मूल्य चीनमा ४१ हजार डलारभन्दा कम पर्ने जनाइएको छ ।

होजोन मोटर्सले हाल एसयुभीमा नेटा एया, नेटा यू र नेटा भी उपलब्ध गराउँदै आएको छ भने सेडानमा नेटा एस र नेटा जिटी मोडल उपलब्ध छन् । जसमध्ये नेपाली बजारमा नेटा भी र नेटा यू बिक्रीका लागी उपलब्ध रहँदै आएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले हालै सम्पन्न नाडा अटो शोमा यसको नेटा एस र नेटा जीटीलाई प्रदर्शनीमा राखेको थियो ।

तीनवटै नयाँ मोडललाई कम्पनीले शान्हाई चेसिस २.० प्लेटफर्ममा निर्माण गर्ने जनाएको छ । साथै यसमा हाओजी टेक्नोलोजी प्रयोग हुनेछ । अर्को महिना लन्च हुने नेटा एक्स ४६१९ एमएम लामो, १८६० एमएम चौडा र १६२८ एमएम अग्लो हुनेछ । यो सब् कम्प्याक्ट एसयूभीको ह्विलवेश २७७० एमएम रहनेछ ।

पावरट्रेनको कुरा गर्नुपर्दा नेटा एक्स ईभीमा ७२ किलोवाट आवरको एलएफपी ब्याट्री र १७० किलोवाटको मोटर जडान हुनसक्ने आँकलन गरिएको छ । यसको इन्टेरियरमा १५.६ इन्चको स्क्वायर स्क्रिन, ८.९ इन्चको फुल एलसिडी इन्स्ट्रयुमेन्ट प्यानल, आरामदायी सीट र सुरक्षाका लागी एडिएएस लगायत फिचर हुनेछन् ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ किया ईभी९ इलेक्ट्रिक एसयूभी

यस्तो हुनेछ किया ईभी९ इलेक्ट्रिक एसयूभी

किया ईभी९ को कन्सेप्ट भर्सन केही दिन पहिले भारतमा सम्पन्न अटो एक्सपो २०२३...

ओमोडा ईभी खरिद गर्नेलाई ८० प्रतिशत फाइनान्स उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी

ओमोडा ईभी खरिद गर्नेलाई ८० प्रतिशत फाइनान्स उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी

काठमाडौँ – नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...

उपत्यकाका ७ ठाउँमा लुयान इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर

उपत्यकाका ७ ठाउँमा लुयान इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर

लुयान ब्रान्डको इलेक्ट्रिक स्कुटरले काठमाडौं, भक्तपुर र ललितपुरमा ७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...