नेपाली लुब्रिकेन्ट तेस्रो देशहरुमा निर्यात हुने, विभिन्न देशहरुमा पठाइयो नमूना

काठमाडौं – पूर्वाञ्चल ल्युब आयल (पीएलओ) ले उत्पादन गरेका नेपाली लुब्रिकेन्ट अन्य देशमा निर्यात गर्ने योजना बनेको छ । पीएलओले नेपालमा लुब्रिकेन्ट उत्पादन थालेको लगभग साढे दुई दशकको समयावधि प्रश्चात नेपाली लुब्रिकेन्ट निर्यात गर्न लागेको हो।

कम्पनीले दुई देशमा निर्यातका लागि प्रक्रिया सुरु गरिएको जनाएको छ। कम्पनीका संस्थापक कृष्णप्रसाद दुलालका अनुसार अहिले अमेरिका र भुटानमा निर्यात गर्न नमुना पठाइएको छ।

नेपालको लुब्रिकेन्ट निर्यातका लागि भुटान सहज हुने दुलाल बताउछन्। त्यही अनुसार अमेरिका भन्दा पनि भुटान आफुहरुको पहिलो प्राथमिकतामा रहेको उनले बताए।

उनका अनुसार अहिले मूल्यमा धेरै फरक पर्ने देखिएको छ। ‘हाम्रो देशमा कच्चा पदार्थ उत्पादन हुने भएको भए मूल्यमा केही सहुलियत मिल्ने थियो,’ उनले भने, ’त्यसैले अमेरिकामा हाम्रो उत्पादन र उनीहरुको उत्पादनको मूल्यमा फरक देखियो। त्यसैले यसमा केही वर्क आउट भइरहेका छन्।’

नेपालबाट ग्रिज निर्यातमा भने केही सहज हुने दुलाल बताउँछन्। ग्रिज पठाउन धेरै प्रयास भइरहेको उनले बताए। यसका लागि मूल्य र गुणस्तरमा त्यस्तो समस्या नरहेको उनको भनाइ छ।

’हामीले पठाएको नमूना उनीहरुले टेष्ट गर्दा गुणस्तरमा कुनै पनि समस्या छैन। तर मूल्य म्याच गर्न मात्र कठिन भइरहेको छ,’ उनले भने, ’हामीले नमूना पठाएको देशहरुले मूल्यलाई लिएर ठोस निर्णय गर्न सकेका छैनन्।’

उनका अनुसार अहिले अमेरिका, श्रीलंका, बर्मा र भुटान नेपाली लुब्रिकेन्टको लागि राम्रो निर्यात बजार हुने दुलालको भनाइ छ। ’तर हाम्रो मूख्य बजार भुटान र बर्मा हुन,’ उनले भने।

पीएलओले २० कार्टुन लुब्रिकेन्ट नमूनाको रुपमा अमेरिका निर्यात गरिसकेको छ। यसको प्रतिक्रिया राम्रो आएको उनी बताउँछन्। यस्ता उत्पादनहरु निर्यात गर्न धेरै कागजपत्रहरुको आवश्यक पर्ने हुन्छ। यसमा सरकारले निर्यातलाई सहज बनाउन सहयोग गर्नुपर्ने दुलाल बताउँछन्।

हाल नेपाली लुब्रिकेन्ट बजारमा पूर्वाञ्चल ल्युब आयलको बजार हिस्सा २० प्रतिशत भएको बताइन्छ। कम्पनीको बजार हिस्सा सुरुवाती दिनमा सर्वाधिक थियो। अहिले २ हजार किलोलिटर लुब्रिकेन्ट उत्पादन गरिरहेको छ। यो कम्पनीले कुनै समय डेढ अर्बको कारोबार गरिरहेको थियो। हाल करिब ८० करोडदेखि १ अर्ब बराबरको कारोबार गरिरहेको कम्पनीको भनाइ छ ।

यो कम्पनीले केही समयमा आईपीओ पनि जारी गर्ने तयारी गरेको छ। यसका लागि प्रभु क्यापिटललाई छनोट गरिसकेको छ। कम्पनीले ५० करोडको मूल्यांकनमा १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न लागेको दुलालले बताए।

कुल सेयरमध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता स्थानीयवासीलाई र ५० हजार कित्ता सेयर कर्मचारीलाई बिक्री गरी बाँकी रहेको ४ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने बताइएको छ।

यसको प्रक्रिया थालिएको र आगामी भदौ वा असोजमा आईपीओ जारी गर्ने पनि उनको भनाइ छ।

सम्बन्धित समाचारहरू

नेपाल ल्युब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल ल्युब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल...

चौधरी ग्रुप अन्तर्गतको नेपाल ल्युब आयलले कम्पोनेन्ट व्यवसाय समेत गर्ने

चौधरी ग्रुप अन्तर्गतको नेपाल ल्युब आयलले कम्पोनेन्ट व्यवसाय समेत गर्ने

काठमाडौं । नेपालमा हाल गल्फ लुब्रिकेन्टको बिक्री वितरण गरिरहेको चौधरी...

बुटवल र भैरहवामा टोटल इनर्जिज लुब्रिकेन्ट्सको निःशुल्क सर्भिस क्याम्प सम्पन्न

बुटवल र भैरहवामा टोटल इनर्जिज लुब्रिकेन्ट्सको निःशुल्क सर्भिस क्याम्प सम्पन्न

काठमाडौं–बुटवल र भैरहवामा टोटल इनर्जिज लुब्रिकेन्ट्सको निःशुल्क सर्भिस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...