पोखरामा यामाहा ब्लु फेस्ट २०८२ को सुरुवात, यस्तो छ छुट र सुबिधा
काठमाडौँ– नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा...
दुई पांग्रे सवारी साधनमा लोकप्रिय बनेको यामाहा रे जेडआर हाइब्रिड १२५ ले जारी नेशनल सुपर लिगलाई हेल्मेट -याकहरू उपलब्ध गराएको छ। सो पहलकदमीले सुरक्षाको प्राथमिकता र खेलाडी तथा प्रशंसकहरूको सुविधा बढाउने कम्पनीको अटल प्रतिबद्धता झल्काउने कम्पनीले बताएको छ ।
नेपाल सुपर लिगले फुटबल प्रेमीहरूलाई मोहित तुल्याइरहेको बेला रे जेडआर हाइब्रिड १२५ को यस नौलो पहलकदमीले खेलको मजा लिँदैगर्दा फ्यानहरूलाई हेल्मेट राख्नको लागि सुविधाजनक स्थान उपलब्ध हुनेछ। यसले रङ्गशालामा पुग्ने फुटबलप्रेमीहरूसँग आफ्नो हेडगियर राख्न सुरक्षित र पहुँचयोग्य ठाउँको सुनिश्चितता प्रदान गर्नेछ । यसले गर्दा दर्शकहरुले निश्चिन्त भएर फुटबलको मजा लिन सक्नेछन्।
फुटबल खेललाई माया गर्ने भावुक प्रशंसकहरूको सम्मानस्वरूप यामाहा रे जेडआर हाइब्रिड र केटीएम रे जेडआर्सले उत्साहपुर्वक यसको पहलकदमी लिएका हुन्।
नेपाली खेलकुद र विशेषगरी फुटबललाई समर्थन गर्ने लामो इतिहास बोकेको यामाहा ए डिभिजन लिगमा समेत सक्रिय रुपमा संलग्न छ। यामाहाको एमएडब्ल्यु टु ह्विलर डिभिजनका अधिकारीहरूका अनुसार हेल्मेट र्याकको स्थापनाले फ्यानहरूमा फुटबलको रोमान्च अझै बढ्ने छ।
नेपाली खेलकुदलाई सहयोग गर्ने यामाहाको प्रतिबद्धतालाई नेपाल सुपर लिगसँगको साझेदारीले थप प्रगाढ बनाएको छ भने हेल्मेट र्याकको स्थापनाले फुटबलको मजामा अझै धेरै सहजता र आनन्द थपेको कम्पनीको भनाइ छ ।
काठमाडौँ– नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा...
काठमाडौं – नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु...
नेपाली बजारमा बिक्री हुने स्कुटर मध्ये १२५ सीसी सेगमेन्टका स्कुटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...