बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भ, ई.मास ५ सार्वजनिक
बीरगञ्ज–प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स...
काठमाडौँ–नेपाल रिकन्डिसन अटो व्यवसायी संघको आयोजनामा ११औँ वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका सदस्यहरू, प्रतिष्ठित वित्तीय संस्थाका प्रतिनिधिहरू तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थितिमा उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।
कार्यक्रममा आमाघर काठमाडौँकी सामाजिक अभियन्ता दिलशोभा श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिइन । त्यसैगरी अटो व्यवसायसँग प्रत्यक्ष जोडिएका प्रमुख वित्तीय संस्थाहरू आईजीआई प्रुडेन्सियल इन्स्युरेन्स, हुलास फनसर्भ हायर प्रचेज, भेन्चर हायर प्रचेज तथा एमएडब्लू हायर प्रचेज लिमिटेडका प्रतिनिधिहरूको विशिष्ट आतिथ्यता रहेको थियो ।
साधारण सभा तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक तथा संघका संरक्षक संयोजक रमेश प्रसाद कोइरालाले सबै सहभागी, सहयोगी संस्था तथा सदस्यहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे । उनले सम्पूर्ण अतिथि तथा सदस्यहरूको अमूल्य उपस्थिति, सद्भाव र सहभागिताले कार्यक्रमलाई भव्य, सभ्य र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पु¥याएको बताए ।
व्यवसायीहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउने र अटो बजारको वर्तमान अवस्थाबारे छलफल गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा संघको आगामी दिशा र रणनीतिबारे पनि विचार–विमर्श गरिएको थियो । कार्यक्रमको समापन गर्दै संयोजक कोइरालाले आगामी दिनहरूमा पनि संघका हरेक गतिविधिमा सम्पूर्ण सदस्य तथा साझेदार संस्थाहरूबाट निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा गरिएको बताए ।
सेकेन्ड ह्यान्ड गाडीको कारोबार गर्ने व्यावसायी आबद्ध नेपाल रिकन्डिसन अटो व्यावसायी संघले व्यवासायिक हकहित र संरक्षणसंगै विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...