नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स...
काठमाडौं - नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) काे औपचारिक घोषणा भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नाइमाको औपचारिक घोषणा भएको हो ।
नाडाबाट अलग भएका अटोमोबाइल व्यवसायीहरुले आज एक विशेष कार्यक्रमका बीच ऋतुसिंह वैद्यको नेतृत्वमा नाइमाको घोषणा गरेका हुन् । नाइमाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवर्द्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्ने बताइएको छ ।
आज नाइमाको बोर्ड अफ डाइरेक्टरमा विभिन्न प्रतिष्ठित अटोमोबाइल व्यवसायीहरु रहेको जानकारी पनि गराइएको छ, जसमा सुहृद राज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दिप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुन्ज अग्रवाल र उदयन काब्रा रहेका छन् ।
कार्यक्रममा नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले नाइमाले अटो मोबिलिटी सशक्तिकरणको वकालत गर्ने बताइन् । उनले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवद्र्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै नाइमा अगाडि बढ्ने बताइन् । अध्यक्ष वैद्यले गाडी आयातकर्ता र गाडी उत्पादकको आवाज उठाउन संस्था दर्ता गरेको बताइन्।
सुहृद घिमिरेले कसैसँग द्वन्द्व बढाउने नभई सबैसँग सहकार्य गरी अघि बढ्ने बताए । उनले सरकारी निकायले लक्जरी प्रोडक्टको रूपमा परिभाषित गर्दै अटो व्यवसायीलाई अप्ठ्यारो पार्ने गरेकाले नीतिगत लबिङका लागि नाइमाले काम गर्ने उल्लेख गरे ।
नेपाल मोबिलिटी एक्सपोको औपचारिक घोषणा
नाइमाले आगामी साउन २१ देखि २५ सम्म भृकुटी मण्डपमा नेपाल मोबिलिटी एक्सपो आयोजना गर्ने भएको छ । नाइमा अटो शो कमिटीका सदस्य गौरव शारडाले अटो शोको लोगो र इभेन्टको मिति सार्वजनिक गरे । इभेन्ट म्यानेजरको रुपमा मिडिया स्पेस सोलुसन रहने छ ।
काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स...
काठमाडौँ- नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...
काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...