गल्फ लुब्रिकेन्टको उत्पादक नेपाल ल्युब आयलले साधारण सभामार्फत बोनस र नगद लाभांश दिने

काठमाडौं – गल्फ लुब्रिकेन्टको वितरक तथा उत्पादक नेपाल ल्युव आयल लिमिटेडले आगामी असोज १८ गते सोमबार साधारण सभा गर्ने भएको छ ।

बिहान ११ः३० बजे संस्थाको कार्यालय झम्सिखेल ललितपुरमार्फत भर्चुअल माध्यमबाट हुने उक्त २९औं वार्षिक साधारण सभाले सञ्चालक समितिले सिफारिस गरेको ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश शेयरधनीहरुका लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । त्यस्तै, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यसैगरी, साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनी आय विवरण, नगद प्रवाहलगायतका बिषयमा छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ५ गतेदेखि १८ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार असोज ४ गते सम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन् ।

सम्बन्धित समाचारहरू

गल्फ लुब्रिकेन्टको पार्टनर मिट सम्पन्न, पूजा महतो बनिन् ब्रान्ड एम्बेसडर

गल्फ लुब्रिकेन्टको पार्टनर मिट सम्पन्न, पूजा महतो बनिन् ब्रान्ड एम्बेसडर

पोेखरा – नेपालमा ४० वर्षको गौरवमय यात्रा बोकेको, विश्वप्रसिद्ध र...

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा  म्याक लुब्रिकेन्ट्सद्वारा बाइक र्‍याली आयोजना

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म्याक लुब्रिकेन्ट्सद्वारा बाइक र्‍याली आयोजना

काठमाडौं – ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिप्रदी ट्रेडिङ...

२१ जना नेपालीले स्टेडियममै पुगेर हेरे आइपीएल, गल्फ लुब्रिकेन्टले गरायो आइपीएल यात्रा

२१ जना नेपालीले स्टेडियममै पुगेर हेरे आइपीएल, गल्फ लुब्रिकेन्टले गरायो आइपीएल यात्रा

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...