गल्फ लुब्रिकेन्टको उत्पादक नेपाल ल्युब आयलले साधारण सभामार्फत बोनस र नगद लाभांश दिने

काठमाडौं – गल्फ लुब्रिकेन्टको वितरक तथा उत्पादक नेपाल ल्युव आयल लिमिटेडले आगामी असोज १८ गते सोमबार साधारण सभा गर्ने भएको छ ।

बिहान ११ः३० बजे संस्थाको कार्यालय झम्सिखेल ललितपुरमार्फत भर्चुअल माध्यमबाट हुने उक्त २९औं वार्षिक साधारण सभाले सञ्चालक समितिले सिफारिस गरेको ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश शेयरधनीहरुका लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । त्यस्तै, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यसैगरी, साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनी आय विवरण, नगद प्रवाहलगायतका बिषयमा छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ५ गतेदेखि १८ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार असोज ४ गते सम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन् ।

सम्बन्धित समाचारहरू

ओम्नी इन्टरनेश्नलबाट गुम्यो भल्भोलिन लुब्रिकेन्ट्सको डिलरशिप, नयाँ बिक्रेतामा जगदम्बा मोटर्स

ओम्नी इन्टरनेश्नलबाट गुम्यो भल्भोलिन लुब्रिकेन्ट्सको डिलरशिप, नयाँ बिक्रेतामा जगदम्बा मोटर्स

काठमाडौं– विश्वकै पुरानोमध्ये एक लुब्रिकेन्ट्स ब्राण्ड भल्भोलिनको...

स्मार्ट लुब्रिकेन्टसको पहिलो डिलर सम्मेलन ईलामको कन्याममा सम्पन्न

स्मार्ट लुब्रिकेन्टसको पहिलो डिलर सम्मेलन ईलामको कन्याममा सम्पन्न

स्वदेशी लुव्रिकेन्ट्स व्रान्ड स्मार्टले आफ्नो पहिलो डिलर सम्मेलन इलामको...

‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश हुनुको कारण र फाइदा वारेमा यस्तो छ सीईओको विचार

‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश हुनुको कारण र फाइदा वारेमा यस्तो छ सीईओको विचार

हाई पर्फमेन्स आयल र लुब्रिकेन्ट उत्पादनको विशेषज्ञता हासिल गरेको मोटुल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...