वीरगन्जमा खुल्यो मिसेलिन टायरको नयाँ शोेरुम
काठमाडौं – मिसेलिन टायर ब्रान्डको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी...
काठमाडौं । नेपालमा हाल गल्फ लुब्रिकेन्टको बिक्री वितरण गरिरहेको चौधरी ग्रुप अन्तर्गतको कम्पनी नेपाल ल्युब आयल लिमिटेडले आगामी दिनमा अन्य व्यवसाय समेत गर्ने भएको छ । नेपाल ल्युब आयल लिमिटेडले सो प्रयोजनका लागि कम्पनीको विशेष साधारण सभा बोलाएको छ ।
यो भन्दा पहिले कम्पनीले एफपीओ जारी गर्ने निर्णय गरेकोमा सो निर्णय खारेज गरी हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले एफपीओ जारी गर्ने निर्णय खारेज गरेको हो ।
साथै कम्पनीको पुँजी वृद्धि गर्न सञ्चालक समितिले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीको हाल चुक्ता पुँजी ७ करोड २८ लाख रुपैयाँ रहेको छ । सो आधारमा कम्पनीले १४ करोड ५६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।
हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न माघ २९ गते बिहान ११ बजे ललितपुरमा विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले हकप्रद सेयर निष्काशन पश्चात् प्राप्त पुँजीको उपयोग गर्ने विषयमा समेत छलफल गर्नेछ । हाल कायम सेयरधनीले नै लगानी गर्ने इच्छा जनाएकाले समेत हकप्रद सेयर जारी हुन लागेको बताइएको छ ।
कम्पनीले लुब्रिकेन्ट बाहेकका अन्य कम्पोनेन्टको व्यापार व्यवसायको निमित्त कम्पनीको पूर्ण स्वामित्वमा २ वटा कम्पनी गठन गर्ने र सोको प्रबन्धपत्र, नियमावली, सञ्चालक समितिको सदस्य, पदाधिकारी र अधिकृत पुँजी, जारि पुँजी एवम् चुक्ता पुँजी कायम गर्नेछ ।
चौधरी ग्रुप अन्तर्गतको सीजी मोटोकर्पका प्रबन्ध निर्देशक तथा नाडा अध्यक्ष करण चौधरीले समेत यसको संकेत गरेका छन् । उनले आगामी दिनमा अन्य व्यवसाय समेत गर्ने बताए पनि यसको वारेमा औपचारिक निर्णय भने साधारण सभाले गर्ने बताए ।
चौधरी ग्रुपले आगामी दिनमा नेपाली बजारमा इलेक्ट्रिक गाडी ई–भिटारा समेत बिक्रीका लागि उपलब्ध गराउने छ । यसका लागि चार्जिङ स्टेसन लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने समेत भएकाले कम्पोनेन्ट र अन्य पूर्वाधार सम्बन्धी व्यवसाय गर्नु आफैमा उपलब्धिमूलक समेत हुने मान्न सकिन्छ ।
काठमाडौं – मिसेलिन टायर ब्रान्डको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी...
काठमाडौं– भारतको प्रख्यात टु ह्विलर एसेसोरिज मोटो जिनियस नेपाल आएको छ । यो...
काठमाडौं – पेट्रोनस लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...