चौधरी ग्रुप अन्तर्गतको नेपाल ल्युब आयलले कम्पोनेन्ट व्यवसाय समेत गर्ने

काठमाडौं । नेपालमा हाल गल्फ लुब्रिकेन्टको बिक्री वितरण गरिरहेको चौधरी ग्रुप अन्तर्गतको कम्पनी नेपाल ल्युब आयल लिमिटेडले आगामी दिनमा अन्य व्यवसाय समेत गर्ने भएको छ । नेपाल ल्युब आयल लिमिटेडले सो प्रयोजनका लागि कम्पनीको विशेष साधारण सभा बोलाएको छ ।

यो भन्दा पहिले कम्पनीले एफपीओ जारी गर्ने निर्णय गरेकोमा सो निर्णय खारेज गरी हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले एफपीओ जारी गर्ने निर्णय खारेज गरेको हो ।

साथै कम्पनीको पुँजी वृद्धि गर्न सञ्चालक समितिले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको हाल चुक्ता पुँजी ७ करोड २८ लाख रुपैयाँ रहेको छ । सो आधारमा कम्पनीले १४ करोड ५६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।

हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न माघ २९ गते बिहान ११ बजे ललितपुरमा विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले हकप्रद सेयर निष्काशन पश्चात् प्राप्त पुँजीको उपयोग गर्ने विषयमा समेत छलफल गर्नेछ । हाल कायम सेयरधनीले नै लगानी गर्ने इच्छा जनाएकाले समेत हकप्रद सेयर जारी हुन लागेको बताइएको छ ।

कम्पनीले लुब्रिकेन्ट बाहेकका अन्य कम्पोनेन्टको व्यापार व्यवसायको निमित्त कम्पनीको पूर्ण स्वामित्वमा २ वटा कम्पनी गठन गर्ने र सोको प्रबन्धपत्र, नियमावली, सञ्चालक समितिको सदस्य, पदाधिकारी र अधिकृत पुँजी, जारि पुँजी एवम् चुक्ता पुँजी कायम गर्नेछ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी मोटोकर्पका प्रबन्ध निर्देशक तथा नाडा अध्यक्ष करण चौधरीले समेत यसको संकेत गरेका छन् । उनले आगामी दिनमा अन्य व्यवसाय समेत गर्ने बताए पनि यसको वारेमा औपचारिक निर्णय भने साधारण सभाले गर्ने बताए ।

चौधरी ग्रुपले आगामी दिनमा नेपाली बजारमा इलेक्ट्रिक गाडी ई–भिटारा समेत बिक्रीका लागि उपलब्ध गराउने छ । यसका लागि चार्जिङ स्टेसन लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने समेत भएकाले कम्पोनेन्ट र अन्य पूर्वाधार सम्बन्धी व्यवसाय गर्नु आफैमा उपलब्धिमूलक समेत हुने मान्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

डेल्फी–टीभीएसको सीआर इन्जेक्टर अब नेपालमा, बीएस ४ र बीएस ६ गाडीका लागि उपयुक्त

डेल्फी–टीभीएसको सीआर इन्जेक्टर अब नेपालमा, बीएस ४ र बीएस ६ गाडीका लागि उपयुक्त

काठमाडौं – भारतको प्रतिष्ठित कम्पनी लुकास इन्डियन सर्भिस लिमिटेडद्वारा...

५० वर्षमा प्रवेश ग-यो हिट्को प्रालि, अब ईभी इक्विपमेन्टमा जोड

५० वर्षमा प्रवेश ग-यो हिट्को प्रालि, अब ईभी इक्विपमेन्टमा जोड

काठमाडौं – सवारी साधन बिक्री गरे पश्चात उपलब्ध गराइने बिक्री पछिको सेवा...

भन्सार छलेर ल्याइएको आशंकामा ३३ लाख बढीको स्पेयर पार्ट्स प्रहरी नियन्त्रणमा

भन्सार छलेर ल्याइएको आशंकामा ३३ लाख बढीको स्पेयर पार्ट्स प्रहरी नियन्त्रणमा

भन्सार छली गरी ल्याएको आशंकामा प्रहरीले मंगलबार राति विराटनगर–१२ स्थित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...