बागमती प्रदेशमा बढ्यो सार्वजनिक सवारीको भाडा, यात्रुले ३५ रुपैयाँ सम्म तिर्नु पर्ने
काठमाडौं – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ ।...
काठमाडौं–नेपाल र भारतका अधिकारीहरू दुई देशबीच विद्यमान पारवहन सन्धिको प्रोटोकलमा संशोधन गर्दै रेलबाट हुने सामान ढुवानी बढाउन सहमत भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उक्त संशोधनले सबै किसिमका कार्गो कोलकाता–विशाखापटनमबाट रेलबाट विराटनगर–जोगबनी र नौतनवा–सुनौलीसम्म ढुवानी गर्न पाउने बाटो खोलिदिने छ । नेपाली पक्षले अब नेपालको पारवहन लागत र समय दुवै घट्ने र व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ ।
विशाखापटनममा आयोजित एउटा कार्यक्रममा सहभागी हुन जाने क्रममा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले बिहीवार भारतीय समकक्षी पीयूष गोयलसँग नयाँदिल्लीमा भेटघाट गरेका थिए । सोही अवसरमा प्रोटोकल संशोधनका लागि लेटर अफ एक्स्चेन्ज आदानप्रदान भएको हो ।
यसअघि दुवै नाकाबाट सीमित किसिमका सामान मात्र रेलमार्फत् ढुवानी गर्न सकिने व्यवस्था भएकोमा अब सबै प्रकारका कार्गो सामान रेल तथा सडक मार्गमार्फत् पठाउन सकिने मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।
काठमाडौं – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ ।...
काठमाडौं – काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधनका लागि...
हराएका तथा चोरी भएका २१ दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...