राइट ह्यान्ड ड्राइभमा पनि आयो जिकर, नेपाल आउने संभावना बलियो

काठमाडौं– जिली मातहतको ईभी ब्राण्ड जिकर राइट ह्यान्ड ड्राइभमा समेत आएको छ । अन्तराष्ट्रिय बजारमा निर्यात गर्न कम्पनीले यसको एक्स मोडलमा राइट ह्यान्ड ड्राइभ दिएर उत्पादन सुरु गरेको हो । । सो नयाँ ईभी अष्ट्रेलिया हुँदै थाइल्यान्ड र अन्य मुलुकमा समेत निर्यात हुनेछ ।

यो नयाँ ब्राण्ड अवको केही समयपछि नेपाली बजारमा समेत भित्रिने सहजै अनुमान गर्न सकिन्छ । गत मार्चमा थाइल्यान्डमा आयोजना भएको बैंकक इन्टरनेश्नल मोटर शोमा प्रि अर्डर खुल्ला गरिएपछि यो ब्राण्ड राइट ह्यान्ड ड्राइभमा आउने पक्कापक्कि भएको थियो । त्यसपछि नेपालका थुप्रै व्यवसायी जिकरलाई नेपाल ल्याउन दौडधुप गरिरहेका छन् ।

यो नयाँ कारको रियर ह्विल ड्राइभ भर्सनमा २०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । कम्पनीले हालै यसको २०२४ मोडललाई अल ह्विल ड्राइभ भर्सनमा समेत उतारेको छ । जसअनुसार अल ह्विल ड्राइभ अन्तर्गत यसको फ्रन्ट एक्सलमा ११५ किलोवाट क्षमताको अतिरिक्त मोटर राखिएको छ ।

कारमा ६६ किलोवाट आवरको सिएटिएल ब्याट्री जडान गरिएको छ । जसलाई फुल चार्ज गर्दा सिंगल मोटर भर्सनले ५६० किलोमिटर र अल ह्विल ड्राइभ भर्सनले ५०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

कारमा १४.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल र हेड अप डिस्प्ले लगायत फिचर पाउन सकिन्छ । चिनियाँ बजारमा यसको मूल्य २७ हजार ६०० देखी ३० हजार ४०० डलरसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

चीनको सबैभन्दा सुरक्षित कार बन्याे एइटो एम८, सिंगल चार्जमा १५२८ किमी यात्रा गर्न सक्षम

चीनको सबैभन्दा सुरक्षित कार बन्याे एइटो एम८, सिंगल चार्जमा १५२८ किमी यात्रा गर्न सक्षम

चीनमा हालै सबैभन्दा सुरक्षित कारको रुपमा एइटो एम८ नामक एसयूभीलाई मान्यता...

२५ हजार युनिट टाटा एक्सप्रेस–टी ईभी उबरलाई उपलब्ध गराइने, हाल सम्मकै ठूलो सम्झौता

२५ हजार युनिट टाटा एक्सप्रेस–टी ईभी उबरलाई उपलब्ध गराइने, हाल सम्मकै ठूलो सम्झौता

भारतमा टाटा मोटर्सले ईभीका लागि हाल सम्मकै सबैभन्दा ठूलो सम्झौता गरेको छ ।...

विश्वबजारमा लिपमोटरका ९ लाख सवारीसाधन बिक्री, नेपाली बजारमा स्थापित हुँदै

विश्वबजारमा लिपमोटरका ९ लाख सवारीसाधन बिक्री, नेपाली बजारमा स्थापित हुँदै

काठमाडौं– न्यू इनर्जी भेइकल (एनइभी ) निर्माता लिपमोटरले हालसम्म कुल ९ लाख...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...