चालु आर्थिक वर्षमा ३ हजार बढी ईभी बिक्री हुने अनुमान, ४ महिनामै भित्रिए १ हजार भन्दा बढी
कम्वस्चन इन्जिनयुक्त गाडीको आयातमा लगाइएको प्रतिवन्धका कारण विगत ८ महिना...
काठमाडौं– चिनियाँ अटो उत्पादक जीली अन्तर्गतको प्रिमियम ईभी ब्राण्ड जिकरले आफ्नो लोकप्रिय मोडल एक्सको राइट ह्यान्ड ड्राइभ थाइल्यान्ड र हङकङमा लन्च गरेको छ । जीकर एक्सको राइट ह्यान्ड ड्राइभ भर्सन सिंगल र डुअल मोटर भेरिएन्टमा उपलब्ध छ ।
जसअन्तर्गत सिंगल मोटर भेरिएन्टमा रियर–ह्विल–ड्राइभ तथा डुअल मोटरमा फोर– ह्विल–ड्राइभ सिस्टम दिइएको छ । सो नयाँ कम्प्याक्ट एसयुभीमा जीकरले ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेका छ, जसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
सिंगल मोटर भेरिएन्टले २०० किलोवाट पिक पावर तथा ३४३ एनएम टर्क र डुअल मोटर भेरिएन्टले ३१५ किलोवाट पिक पावर र ५४३ एनएम टर्क जेनेरेट गर्दछ । स्टार्ट गरेको ३.८ सेकेन्डमै यसले सून्यदेखी १०० किलोमिटर सम्मको गति लिन सक्छ ।
जिकर एक्समा ५ वटा क्यामेरा, ५ मिलिमिटर वेभ राडर र १२ वटा अल्ट्रा सोनिक सेन्सर समेत जडान गरिएको छ । यो कारमा १४.६ इन्चको सेन्ट्रल स्लाइडिङ इन्फोटेन्मेन्ट स्क्रिन, २४.३ इन्चको हेड–अप–डिस्प्ले तथा ८.८ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल राखिएको छ ।
जीलीको सस्टेनेवल इलेक्ट्रिक आर्किटेक्चरमा तयार पारिएको यो एसयूभीको लम्बाई ४४५० एमएम, चौडाई १८३६ एमएम र उचाई १५७२ एमएम छ भने ह्विलवेश २७५० एमएम लामो छ । यो कार हाल विश्वका २५ देशमा उपलब्ध रहँदै आएको छ भने यस वर्षको अन्त्यसम्ममा थप २५ राष्ट्रमा बजार विस्तार गर्ने लक्ष्य लिइएको छ ।
जीकर नेपाली बजारमा समेत लन्च हुने तयारीमा रहेको प्रिमियम ईभी ब्राण्ड हो । आगामी भदौ ११ देखी आयोजना हुने नाडा अटो शो–२०२४ मा यसको एक्स मोडल नेपाली बजारमा लन्च हुनेछ । निशान गाडी बिक्री गर्दै आएको पायोनियर मोटो कर्पले यसको बिक्री वितरण गर्नेछ । नेपालमा यसको सिंगल मोटर भेरिएन्ट आउने अनुमान गर्न सकिन्छ ।
कम्वस्चन इन्जिनयुक्त गाडीको आयातमा लगाइएको प्रतिवन्धका कारण विगत ८ महिना...
इलेक्ट्रिक कार चार्ज गर्ने क्रममा भारतमा हालै भएको आगलागीले ठुलो मानवीय...
काठमाडौं – नेपालका लागि ग्यारो ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...