यस्तो छ साउनमा नेपाल आउने लिपमोटर बी१०, प्रतिस्पर्धी को ?

काठमाडौं – न्यू इनर्जी भेइकलमा निकै राम्रो चर्चा कमाएको लिपमोटरले पछिल्लो समय एकपछि अर्को नयाँ मोडल लन्च गरिरहेको छ । स्टेलान्टिस समुह मातहतको चिनियाँ स्टार्टअप कम्पनीले पछिल्लो समय चीनबाहिर निकै राम्रो बजार पाइरहेको छ ।

लिपमोटरले हालै सम्पन्न सांघाई अटो शो २०२५ मा आफ्नो नयाँ क्रसओभर ईभी बी१० लाई ग्लोवल डेव्यु गरेर विश्वभरका ईभी पारखीको ध्यान आँफूमा तान्न सफल भएको छ । नेपाली बजारमा समेत निकै चासोका साथ हेरिएको सो नयाँ ईभीलाई आगामी साउन २१ देखि आयोजना हुने नेपाल मोबिलिटी एक्सपोमा सार्बजनिक गर्न लागिएको हो ।

लिपमोटरको नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले यसको सुरुवाती मूल्य ६० लाख हारहारी तय गर्ने अनुमान गरिएको छ । नेपाल आएपछि यसको सिधा प्रतिस्पर्धा बीवाईडी एट्टो ३, एमजी एस५, प्रोटोन ईमास ७ र हुन्डाई क्रेटा ईभी लगायतसँग हुनेछ ।

लिपमोटरको नयाँ ३.५ आर्किटेक्चरमा निर्मित बी१० मा मूलतः ८०० भोल्ट हाई भोल्टेज सिस्टम, सेल–टु–चेसिस इन्टिग्रेसन, उत्कृष्ट थर्मल म्यानेजमेन्ट सिस्टम, एआई इन्टिग्रेसन र एड्भान्स इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम लगायत विशेषता पाउन सकिन्छ ।

सो नयाँ ईभी ५६.२ र ६७.१ किलोवाट आवार ब्याट्री प्याक तथा १३२ र १६० किलोवाट क्षमताको मोटरमा उपलब्ध छ । साथै, यसले एकपटकको फुल चार्जमा ५०० र ६०० किलोमिटर(सिएलटीसी) रेन्ज दिने दाबी गरिएको छ । डिसी फास्ट चार्जरको साहयतामा यसलाई २० मिनेटमै ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एसी चार्जरबाट १० घन्टामा फुल चार्ज हुन्छ ।

लिपमोटर बी१० मा १४.६ इन्चको फ्लोटिङ स्टाइल इन्फोटेन्मेन्ट डिस्प्ले, ८.८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, हिटेड एन्ड भेन्टिलेटेड सिट, स्न्यापड्रयागनको स्तरिय चिप, १५ वाटको वायरलेस चार्जिङ प्याड, १२ स्पिकर अडियो सिस्टम, ३६० डिग्री क्यामेरा, वेभ राडर, अगाडी ८ मेगा पिक्सेलको दुईवटा क्यामेरा र लिडार सेन्सर राखिएको छ ।

साइजको कुरा गर्नुपर्दा बी१०, ४५१५ एमएम लामो, १८८५ एमएम चौडा र १६५५ एमएम अग्लो छ । २७३५ एमएम ह्विलवेश भएको यस ईभीको ग्राउन्ड क्लिरियन्स १७० एमएम छ ।

सम्बन्धित समाचारहरू

सल्लाघारी ओमोडा एन्ड जेइको शोरुममा ‘फेस्टिभ कार्निभल’ चल्दै

सल्लाघारी ओमोडा एन्ड जेइको शोरुममा ‘फेस्टिभ कार्निभल’ चल्दै

काठमाडाैं – भक्तपुरको सल्लाघारीस्थित ओमोडा एन्ड जेइकोको शोरुममा ३ दिने...

फरथिङ फ्राइडे ईभी बुकिङ गर्दा आइफोन १७ प्रो प्राप्त गर्न सकिने, यस्तो छ अन्य फाइदा

फरथिङ फ्राइडे ईभी बुकिङ गर्दा आइफोन १७ प्रो प्राप्त गर्न सकिने, यस्तो छ अन्य फाइदा

काठमाडौं–फरथिङ ईभीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले...

नेपाल आउँदै अर्को नयाँ इलेक्ट्रिक एसयूभी, यस्तो छ सेरेस–३ मा उपलब्ध फिचर र पावरट्रेन

नेपाल आउँदै अर्को नयाँ इलेक्ट्रिक एसयूभी, यस्तो छ सेरेस–३ मा उपलब्ध फिचर र पावरट्रेन

बजारमा इलेक्ट्रिक एसयूभीको माग वढ्न थालेसंगै नयाँ ब्रान्डका इभी भित्रिने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...