‘एनईए चार्ज’ मोबाइल एप सार्वजनिक : जसले दिन्छ चार्जिङ स्टेसनको जानकारी

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्ने चार्जिङ स्टेसन पत्ता लगाउन सकिने ‘एनईए चार्ज’ मोबाइल एप सार्वजनिक गरेको छ।

हालै आफ्नो कार्यालयमा नै नयाँ चार्जिङ्ग स्टेशन राखेको प्राधिकरणले विभिन्न स्थानमा हुने विद्युतीय गाडीका चार्जिङ स्टेसनहरुको जानकारी थाहा पाउनेगरी प्राधिकरणले एप सञ्चालनमा ल्याएको हो। मानिसरहित चार्जिङ स्टेसनमा चार्जिङलाई सहज बनाउनका लागि यो एप ल्याइएको प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङले जानकारी दिए।

यो मोबाइल एपमा भुक्तानी सुविधादेखि लिएर कुन समयमा कुन ठाउँमा चार्जिङ स्टेसन खाली छ भन्ने लगायतका जानकारीहरू हेर्न सकिन्छ। एपमार्फत प्रयोगकर्ताले आफ्नो नजिकको चार्जिङ स्टेसन कहाँ छ भनेर म्यापसहित हेर्न र सोही म्यापको आधारमा चार्जिङ स्टेसनमा पुग्न पनि सक्नेछन्।

एपबाटै क्यूआर कोड स्क्यानमार्फत भुक्तानी गरी चार्ज गर्न सकिनेछ भने एपमै आफ्नो बिल भुक्तानीको हिस्ट्री पनि हेर्न सकिनेछ। साथै सवारी कति प्रतिशत चार्ज भयो भनेर पनि हेर्न सकिने सुबिधा रहेको छ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक र हाइब्रिड कारमा यसरी चार्ज हुन्छ टायरबाट ब्याट्री, यस्तो छ फाइदा

इलेक्ट्रिक र हाइब्रिड कारमा यसरी चार्ज हुन्छ टायरबाट ब्याट्री, यस्तो छ फाइदा

पेट्रोल–डिजेल सवारी साधनको तुलनामा इलेक्ट्रिक कारको इन्जिन...

सुन्दर अटो इन्जिनियरिङले लन्च ग-यो आफै डिजाइन गरेको इलेक्ट्रिक बाइक

सुन्दर अटो इन्जिनियरिङले लन्च ग-यो आफै डिजाइन गरेको इलेक्ट्रिक बाइक

सुन्दर अटो इन्जिनियरिङले आफ्नै प्राविधिकद्वारा आफ्नै डिजाइन र च्यासिस...

इलेक्ट्रिक सवारीको रेन्ज र ब्याट्रीको आयु बढाउन अपनाउनुस् यी उपाय

इलेक्ट्रिक सवारीको रेन्ज र ब्याट्रीको आयु बढाउन अपनाउनुस् यी उपाय

पेट्रोल–डिजेलको तुलनामा इलेक्ट्रिक गाडी अर्थात ईभी चलाउन निकै फाइदा हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...