एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

काठमाडौँ—एनसेल र बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कबीच सवारी साधनमा कनेक्टेड भेइकल सर्भिस उपलब्ध गराउने सम्झौता भएको छ ।

यस साझेदारीअन्तर्गत नेपालमा बिक्री हुने बीवाईडीका विद्युतीय सवारी साधनहरूमा अब एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडान गरिनेछ । यसबाट चालक तथा यात्रुहरूले यात्राका क्रममा सहज ड्राइभिङ अनुभव प्राप्त गर्न सक्नेछन् ।

गाडीमा आईओटी सिम जडान भएपछि बाह्य उपकरण वा मोबाइल वाई–फाई हटस्पटमा निर्भर नभई एनसेलको देशभर फैलिएको नेटवर्कमार्फत सीधा इन्टरनेट सेवा उपलब्ध हुनेछ । फोन कनेक्ट नगरीकनै गाडीको इन्फोटेनमेन्ट सिस्टमबाट युट्युब, स्पोटिफाइ, काराओके जस्ता अनलाइन सेवाहरूको सीधा प्रयोग गर्न सकिनेछ । यसका साथै बीवाईडीका आफ्नै इन–कार एपहरू र कनेक्टेड सुविधाहरू सहज रूपमा सञ्चालन हुनुका साथै यात्राको क्रममा वा ट्राफिक जाममा हुँदा पनि रियल–टाइम जिपिएस नेभिगेसन थप भरपर्दो र सुचारु हुनेछ ।

यो सुविधा नयाँ गाडी किन्ने ग्राहकहरूका लागि मात्र नभई पुराना बीवाईडी धनीहरूका लागि पनि उपलब्ध गराइएको छ । पुराना ग्राहकहरूले नेपालभर रहेका १३ वटा आधिकारिक बीवाईडी सर्भिस सेन्टरमा गएर आफ्नो गाडीमा एनसेल आईओटी सिम जडान गरी यी सुविधाहरू उपभोग गर्न सक्नेछन् । सम्बन्धित प्लान, समयावधि र शुल्क विवरण भने सवारी साधनको मोडल र रोजिएको सेवा प्याकेज अनुसार फरक पर्ने कम्पनीले जनाएको छ ।

सम्झौताका क्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले आईओटी सेवासम्बन्धी यो साझेदारीले बीवाईडी सवारी साधनमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीको सुविधा दिने बताए । बीवाईडी एप र लोकप्रिय सेवाहरूका लागि प्रत्यक्ष सवारी कनेक्टिभिटी उपलब्ध गराएर प्रयोगकर्ताहरूलाई बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भर नभई कनेक्टेड रहन मद्दत पुग्ने उनको भनाइ थियो ।

त्यस्तै साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी सधैँ प्राविधिक नवप्रवर्तनको अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै एनसेलसँगको सहकार्यले ग्राहकहरूको अनुभवलाई अझ उन्नत बनाउने बताए । भरपर्दो इन–भेइकल कनेक्टिभिटीले प्रयोगकर्ताहरूलाई बीवाईडी सवारी साधनका इन्टेलिजेन्ट सुविधाहरू पूर्ण रूपमा अनुभव गर्न सहजीकरण गर्ने उनले बताए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...