वर्ल्डलिंकको भुक्तानीमा नामीको ईभी जित्ने अफर

काठमाडौं- नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दसैंको दोस्रो च्याप्टर घोषणा गरेको छ । यस योजनाअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले वर्ल्डलिंकको बिल भुक्तानी गरी नामीको इभी कार जित्न सक्नेछन्।

असोज ३० देखि पुष १० सम्म लागु हुने यस अफरमा प्रयोगकर्ताहरूले खल्तीबाट वर्ल्डलिंक इन्टरनेट को बिल भुक्तानी गरी नामीको इभी कार जित्न सक्ने छन्। यसका साथै, प्रयोगकर्ताहरूले हरेक हप्ता सामसङको प्रडक्ट जित्न सक्नेछन् भने बाेटका प्रडक्टहरूमा ५३ प्रतिशतसम्मको अनि सामसङका प्रडक्टहरूमा ३९ प्रतिशतसम्मको छुट भाैचरहरू प्राप्त गर्न सक्नेछन् ।

यो अफर नयाँ वर्ल्डलिंक सब्सक्रिप्सन् साथै नवीकरण दुवैका लागि लागू हुनेछ। यस योजनाअन्तर्गत १ महिना देखि २४ महिना सम्मको इन्टरनेट प्याकेज भुक्तानीमा र्याफल टिकट (विशेष कुपन) पाइने व्यवस्था गरिएको छ र सोही कुपन मार्फत प्रयोगकर्ताहरू लक्की ड्र का लागि छनोट हुनेछन्।

गत दसैँमा ‘खल्तीबाट वर्ल्डलिंकको भुक्तानी गरेर दुबई घुमौँ रमेर’ अफरमार्फत २४ जोडीले दुबई घुम्ने मौका पाएका थिए भने यसपाली ‘गाडी चढौँ सरर’ अफरमा ईभी जित्ने मौका रहेको छ।

खल्तीले आफ्नो ‘खल्तीफुल दसैँ’ योजना अन्तर्गत पहिलो च्याप्टरमा आन्तरिक फ्लाइट टिकट काट्दा थाइल्यान्ड घुम्ने अफर पनि घोषणा गरेको थियो । यसका साथै अझै धेरै आकर्षक खल्ती फुल च्याप्टरहरू आउन बाँकी रहेको खल्तीले जनाएको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले चाडपर्वको अग्रिम शुभकामना दिँदै भर्खरै २९ औं वार्षिकोत्सव मनाएको वर्ल्डलिंकको इन्टरनेट भुक्तानीमा आकर्षक उपहारहरू सहित बम्परमा नामीको इभी कार रहेको खल्ती फुल दसैँ योजना घोषणा गरेका छन्। सबै प्रयोगकर्ताले धेरै भन्दा धेरै कारोबार गरी खल्ती फुल हुने अफरहरू रहेको ‘खल्ती फुल दसैँ’ योजनाबाट लाभान्वित हुने कुरामा खल्ती परिवार विश्वस्त रहेको उनले बताए।

सम्बन्धित समाचारहरू

इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने प्रविधिलाई सरकारले सहुलियत दिने

इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने प्रविधिलाई सरकारले सहुलियत दिने

सरकारले इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तण गर्ने प्रविधिलाई...

पोखरामा खुल्यो सेगवेको नयाँ शोरुम

पोखरामा खुल्यो सेगवेको नयाँ शोरुम

सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले पोखराको...

नेपाल भित्रिएका याडियाका सबै इलेक्ट्रिक स्कुटर सोल्ड आउट, पायो उत्कृष्ट मार्केटिङ अवार्ड

नेपाल भित्रिएका याडियाका सबै इलेक्ट्रिक स्कुटर सोल्ड आउट, पायो उत्कृष्ट मार्केटिङ अवार्ड

काठमाडौं – याडिया ब्रान्डको इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...