युरोकपमा सहभागी हुँदै बीवाईडी गाडी खरिद र बुकिङ गर्ने यी ११ भाग्यशाली
काठमाडौं – नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ११...
काठमाडौं– डोङफेङ र सेरेस इलेक्ट्रिक सवारी साधनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङमा आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।
उक्त क्याम्प १९ देखि २१ पौष २०८२ सम्म दाङ क्षेत्रका लागि डोङफेङ नेपालको आधिकारिक वितरक राप्ती अटोमार्ट प्रालिमा आयोजना हुने जनाइएको छ । सो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्पमार्फत ग्राहकहरूले अत्यन्तै आकर्षक आर्थिक सुविधा तथा एक्सचेन्ज सहुलियतसहित इलेक्ट्रिक सवारी साधनतर्फ रूपान्तरण हुने उत्कृष्ट अवसर पाउनेछन् ।
दाङमा नयाँ स्टेट–अफ–दि–आर्ट डोङफेङ शोरूमको उद्घाटन तथा बहुप्रतीक्षित नामी भिगोको आधिकारिक सार्वजनिक अनावरण अवसर पारेर कम्पनीले टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको हो ।
इलेक्ट्रिक सवारी साधनको स्वामित्वलाई अझ सहज र सर्वसुलभ बनाउन एमएडब्लु वृद्धिले यस कार्यक्रम अवधिमा विशेष लाभहरूको व्यापक प्याकेज प्रस्तुत गरेको छ । ग्राहकहरूले नयाँ नामी भिगो वा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन् ।
कम्पनीका अनुसार, उक्त अवसरमा चार्जिङ सुविधा (७ किलोवाट क्षमताको द्रुत चार्जर तथा ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जर) र निःशुल्क अटो प्लस बीमा पनि प्रदान गरिनेछ । उच्चस्तरीय इलेक्ट्रिक एसयुभी खोजिरहेका ग्राहकहरूका लागि सेरेसमा अधिकतम ६ लाख रुपैयाँसम्मको विशेष लाभहरू उपलब्ध गराइने छ ।
सबै मोडेलमा पुराना सवारी साधनको उत्तम मूल्याङ्कन सुनिश्चित गरिनेछ भने परीक्षण सवारी लिने प्रत्येक आगन्तुकलाई निश्चित उपहार प्रदान गरिनेछ ।
दाङमा सञ्चालनमा आएको नयाँ अत्याधुनिक शोरूमले डोङफेङ र सेरेसका इलेक्ट्रिक सवारी साधनका लागि यस क्षेत्रको प्रमुख बिक्री केन्द्रका रूपमा सेवा प्रदान गर्ने विश्वास लिइएको छ ।
काठमाडौं – नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ११...
काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...
कोमाकी विद्युतीय स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...