नेपाली बजार प्रवेश गर्दै ४० लाख भन्दा कम मूल्यको नयाँ ईभी : नामी ०१

नेपाली बजारमा पहिले देखि नै विभिन्न मोडलका इलेक्ट्रिक कार बिक्री–वितरण गरिरहेको एमएडब्लु वृद्धि अटोकर्पले चिनियाँ अटो निर्माता डोङफेङ मातहतको ईभी नामी ०१ भित्र्याएको छ । हाल परीक्षण चलिरहे पनि औपचारिक रुपमा यसको बिक्री–वितरण प्रारम्भ भएको छैन । सो गाडी नाडा अटो शोमा समेत प्रदर्शन हुने अनुमान गर्न सकिन्छ ।

नामी ०१ को मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । भन्सार प्रयोजनका लागि सो मूल्य सार्वजनिक गरिएको थियो । यसका आधारमा अन्तिम मूल्य पनि यसकै हाराहारी हुने अनुमान गर्न सकिन्छ ।

नेपाल आएको भेरिएन्टमा ४२.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा ४३० किलोमिटर यात्रा गर्न सकिने दावी छ । फ्रन्ट ह्विल ड्राइभ दिइएको सो नयाँ ईभीमा ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसलाई १४० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।

४०० भोल्टको फास्ट चार्जर सपोर्ट गर्ने नामी ०१ लाई ८ मिनेट चार्ज गर्दा २०० किलोमिटर रेन्ज पाउन सकिने जनाइएको छ । डुअल टोन सेटअपमा निकै आकर्षक देखिनेगरी सो कारको इन्टेरियरमा १२.८ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, एसी भेन्ट्स र टु– स्पोक स्टेरिङ ह्विल पाउन सकिन्छ । सुरक्षाका लागि यसमा लेवल टु एडिएएस फिचर सहित ३६० डिग्री क्यामेरा र डुअल फ्रन्ट एयरब्याग लगायत उपलब्ध छ ।

नामी ०१ को लम्बाई ४०३० एमएम, चौडाई १८१० एमएम र उचाई १५७० एमएम छ । यसमा २६६० एमएम लामो ह्विलबेस रहेको छ । यसमा १७ इन्चको ह्विल र १७५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीको प्रिमियम सब-ब्रान्ड याङवाङको ईभीले कायम ग-यो ईभीमा नयाँ स्पिड रेकर्ड

बीवाईडीको प्रिमियम सब-ब्रान्ड याङवाङको ईभीले कायम ग-यो ईभीमा नयाँ स्पिड रेकर्ड

बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेइकल (ईभी) मा...

एथर इलेक्ट्रिक स्कुटरको रेन्ज बढ्यो, मल्टी–मोड ट्र्याक्सन कन्ट्रोल लगायतका विभिन्न फिचर थप

एथर इलेक्ट्रिक स्कुटरको रेन्ज बढ्यो, मल्टी–मोड ट्र्याक्सन कन्ट्रोल लगायतका विभिन्न फिचर थप

एथर इनर्जीले भारतमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ४५० सिरिजको अपडेट रेन्ज...

विद्युतीय सवारी बजारमा उत्साह थपेको वर्ष २०८०

विद्युतीय सवारी बजारमा उत्साह थपेको वर्ष २०८०

वर्ष २०८० अब हामीबाट विदा हुँदैछ । यो वर्ष नेपाली अटोमोबाइल बजारमा विभिन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...