नयाँ डिजाइन, हाइब्रिड प्रविधि र आधुनिक फिचरसहित न्यु जेनेरेसन टोयोटा हाइलक्स लन्च हुँदै
टोयोटाले आफ्नो लोकप्रिय पिकअप ट्रक हाइलक्सको नयाँ पुस्ता भारतीय बजारमा...
काठमाडौं । बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५’मा प्रदर्शनीमा राखिएको सबैभन्दा महंगो गाडी हो, टोयोटाको ल्यान्डक्रुजर २५० ।
जापनिज ब्राण्डको यो गाडी नेपालमा वैद्य ग्रुप अन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेटले आयात तथा बिक्री गर्दै आएको छ । कम्पनीले अघिल्लो वर्ष नेपाल भित्र्याएको यो गाडी ल्यान्डक्रुजर प्राडोको नयाँ भर्सन हो ।
यो गाडीको मूल्य ३ करोड ७० लाख रुपैयाँ रहेको छ ।
ल्यान्डक्रुजर २५० मा ३.५ लिटर भी६ ट्विन टर्बो इन्जिन रहेको छ, जसले ६५० एनएम टर्क उत्पादन गर्दछ । ५ हजार एमएम लम्बाई र १ हजार ९८० एमएम चौडाई रहेको सो गाडीको उचाई १ हजार ९५० एमएम रहेको छ । व्हिलबेस २ हजार ८५० एमएम र ग्राउण्ड क्लियरेन्स २४० एमएमको रहेको छ ।
टोयोटाले यसमा क्रुजकन्ट्रोल, कुल्ड बक्स, रियर क्रुस ट्राफिक अलर्ट, ८ वटा सेन्सर, मल्टी स्पोक स्टेयरिङ ह्विल, सनरूफ, एडास फिचर, ८ वटा एयरब्याग, लेदर सिट, अटोमेटिक हाई बीम कन्ट्रोल, ड्युल जोन एसी, टिल्ट एण्ड टेलिस्कोपिक स्टेयरिङ दिएको छ ।
१२.३ इन्चको इन्फर्मेशन डिस्प्ले उपलब्ध ल्यान्डक्रुजर २५० मा हेडअप डिस्प्ले, हिटर, ग्लोवबक्स, ८ तरिकाले एड्जस्ट गर्न मिल्ने चालक सिट, १० वटा स्पिकर, वायरलेस इन्ट्री पनि पाउन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...