नाइमा एक्सपाेकाे सबैभन्दा महंगो गाडी टोयोटाको ल्यान्डक्रुजर २५०, यस्ता छन् फिचर

काठमाडौं । बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५’मा प्रदर्शनीमा राखिएको सबैभन्दा महंगो गाडी हो, टोयोटाको ल्यान्डक्रुजर २५० ।

जापनिज ब्राण्डको यो गाडी नेपालमा वैद्य ग्रुप अन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेटले आयात तथा बिक्री गर्दै आएको छ । कम्पनीले अघिल्लो वर्ष नेपाल भित्र्याएको यो गाडी ल्यान्डक्रुजर प्राडोको नयाँ भर्सन हो ।

यो गाडीको मूल्य ३ करोड ७० लाख रुपैयाँ रहेको छ ।

ल्यान्डक्रुजर २५० मा ३.५ लिटर भी६ ट्विन टर्बो इन्जिन रहेको छ, जसले ६५० एनएम टर्क उत्पादन गर्दछ । ५ हजार एमएम लम्बाई र १ हजार ९८० एमएम चौडाई रहेको सो गाडीको उचाई १ हजार ९५० एमएम रहेको छ । व्हिलबेस २ हजार ८५० एमएम र ग्राउण्ड क्लियरेन्स २४० एमएमको रहेको छ ।

टोयोटाले यसमा क्रुजकन्ट्रोल, कुल्ड बक्स, रियर क्रुस ट्राफिक अलर्ट, ८ वटा सेन्सर, मल्टी स्पोक स्टेयरिङ ह्विल, सनरूफ, एडास फिचर, ८ वटा एयरब्याग, लेदर सिट, अटोमेटिक हाई बीम कन्ट्रोल, ड्युल जोन एसी, टिल्ट एण्ड टेलिस्कोपिक स्टेयरिङ दिएको छ ।

१२.३ इन्चको इन्फर्मेशन डिस्प्ले उपलब्ध ल्यान्डक्रुजर २५० मा हेडअप डिस्प्ले, हिटर, ग्लोवबक्स, ८ तरिकाले एड्जस्ट गर्न मिल्ने चालक सिट, १० वटा स्पिकर, वायरलेस इन्ट्री पनि पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

टोयोटा वुमन -याली २०२४ को घोषणा, खुल्दै रजिष्ट्रेसन

टोयोटा वुमन -याली २०२४ को घोषणा, खुल्दै रजिष्ट्रेसन

काठमाडौं – टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

४५ वर्ष पुरानो ल्यान्ड क्रुजरमा इलेक्ट्रिक मोटर राखेर पानीमुनी चलाउँदा विश्व किर्तीमान

४५ वर्ष पुरानो ल्यान्ड क्रुजरमा इलेक्ट्रिक मोटर राखेर पानीमुनी चलाउँदा विश्व किर्तीमान

इलेक्ट्रोमोडेड ४० सिरिजको टोयोटा ल्यान्ड क्रुजर चलाउने अष्ट्रेलियाली...

ट्रान्समिसनमा समस्या आएपछि टोयोटाले फिर्ता बोलायो ल्यान्ड क्रुजर एलसी–३००

ट्रान्समिसनमा समस्या आएपछि टोयोटाले फिर्ता बोलायो ल्यान्ड क्रुजर एलसी–३००

टोयोटाले अटोमेटिक ट्रान्समिसन सम्बन्धी सफ्टवेयर अपडेटका लागि भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...