नाइमा एक्सपाेकाे अवधि किन थप ? कति भए अवलाेकनकर्ता ?

काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसाेसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५’ मा अपेक्षा गरे भन्दा बढी दर्शकको आगमनले प्रर्दशनी स्थलमा रौनक छाएको छ। ५ दिन खुल्ने भनिएको एक्सपाेमा अवलोकनकर्ताहरुको मागलाई थोरै समयमा सम्बोधन गर्न गाह्रो भएपछि नाइमाले एकदिन प्रदर्शन अवधि थप गरेको बताएको छ ।

आफूलाई मनपर्ने सवारीसाधनहरु अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ गर्ने, साथै खरिद गर्नेहरुको घुइचो रहेको प्रदर्शनी शनिबारको मुसलधारे पानीमा पनि निर्वाध संचालन भयो । अरु दिन कार्यालयको कामकाजमा व्यस्त रहने व्यक्तिहरुले शनिबार उत्साहका साथ प्रदर्शनीमा सहभागिता जनाएका छन् ।

एक्सपाेका प्रारम्भिक तीन दिनमा सर्वसाधरणका साथै बरिष्ठ कलाकार, कुटनीतिक नियोगका कर्मचारीहरु, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरु, व्यापारीहरु लगायत समाजका सबै तहका व्यक्तिहरुले उपस्थिति जनाएका छन्। प्रदर्शनीको पहिलो दिन पन्ध्र हजार, दोश्रो दिन साढे तेह्र हजार, तेस्रो दिन साढे उन्नाइस हजार र आज शनिबार एक्काइस हजार पाँचसय अवलोकनकर्ताहरुले नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५मा सहभागिता जनाएकाे आयाेजककाे भनाइ छ ।

स्थापनाको केही महिनामै आयोजना गरिएको पहिलो प्रदर्शनीमा अवलोकनकर्ताहरुको अपार माया र समर्थन प्राप्त गर्न सफल नाइमा, आगामी दिनहरूमा पनि नेपालको मोबिलिटी क्षेत्रमा अझ ठूलो योगदान पु-याउन प्रतिबद्ध भएकाे बताइएकाे छ।

नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् ।

श्रावण २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि खुला रहने भनिएको प्रदर्शनी अब श्रावण २६ गते, सोमबार सम्म खुल्ने भएको छ ।

सम्बन्धित समाचारहरू

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स...

नाइमा मोबिलिटी एक्सपोमा सीएफमोटो र जिहोले अफरको वर्षा ल्याउने, २ मोडल लन्च हुने

नाइमा मोबिलिटी एक्सपोमा सीएफमोटो र जिहोले अफरको वर्षा ल्याउने, २ मोडल लन्च हुने

काठमाडौं – सीएफमोटो र जिहोको नेपालका लागि आधिकारीक वितरक ऋषि ट्रेड...

नाइमा एक्सपो : अल्टाभायोलेट स्टलमा एफ७७ म्याच २ को क्रेज, दुई नयाँ मोडल आउने

नाइमा एक्सपो : अल्टाभायोलेट स्टलमा एफ७७ म्याच २ को क्रेज, दुई नयाँ मोडल आउने

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...