अध्यादेशमा नाडा खुशी, अन्य सुझावहरुलाई पनि मनन गरिदिन आग्रह
सरकारले हालै अध्यादेशमार्फत देशको विकासलाई अघि बढाउने र अर्थतन्त्रलाई...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा कार्यरत रहेकै समयमा बनेको नयाँ संगठन नाइमा अर्थात नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनको बोर्ड अफ डाइरेक्टरमा विभिन्न प्रतिष्ठित अटोमोबाइल व्यवसायीहरु रहेको जानकारी सार्वजनिक गरिएको छ ।
नाइमाले आज आयोजना गरेको सो कार्यक्रममा बोर्ड अफ डाइरेक्टर समेत सार्वजनिक गरिएको हो । नेपाली बजारमा टोयोटा, लेक्सस र एथर ब्रान्डका सवारी साधनको कारोबार गर्दै आएको युनाइटेड ट्रेडर्स सिन्डिकेटकी ऋतुसिंह वैद्य यसको अध्यक्ष भएको जानकारी पहिले नै अनौपचारिक रुपमा सार्वजनिक भएको थियो । अन्य थप जानकारी भने पहिले सार्वजनिक भएको थिएन ।
आज सार्वजनिक जानकारी अनुसार नाइमाको बोर्ड अफ डाइरेक्टरमा सुहृद राज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दिप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुन्ज अग्रवाल र उदयन काब्रा रहेका छन् ।
सुहृद राज घिमिरे किया र इसुजुको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमा कार्यरत छन् । त्यसैगरी शेखर गोल्छा बजाज, केटीएम र ट्रायम्फको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी, शौरभ ज्योति होन्डाको वितरक स्याकार ट्रेडिङ कम्पनी र क्याबिनेट श्रेष्ठ महिन्द्रा र जावाको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिबाट प्रतिनिधित्व गर्छन् ।
हेमन्त गोल्छा सिट्रोन, लिपमोटर र प्युजोको आधिकारिक वितरक सांग्रिला मोटर्सको प्रतिनिधित्व गर्छन् भने निराकार श्रेष्ठ हुन्डाई, एसएमएल इसुजु, केई र बीएमडब्ल्युको आधिकारिक वितरक लक्ष्मी मोटर कर्पोरेसन तथा यमुना श्रेष्ठ बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंककी हुन् ।
एमजी, वुलिङ र माज्दाको कारोबार गरिरहेको पारामाउन्ट मोटर्सका निकुन्ज अग्रवाल र भारतबेन्जको कारोबार गरिरहेको ओम्नी मोटर्सका उदयन काब्रा समेत नाइमाको बोर्ड अफ डाइरेक्टरमा रहेका छन् ।
यी मध्ये शेखर गोल्छा र सौरभ ज्योति पहिले नै नाडाको अध्यक्ष भइसकेका छन् भने अन्य व्यवसायीहरु पनि कुनै समयमा नाडामा क्रियाशील थिए भने कोही अहिलेको कार्यसमितिमा समेत रहेका छन् ।
गत फागुनमै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत दर्ता भएको यो संस्थाको औपचारिक शुभारम्भ आज भएको हो ।
सरकारले हालै अध्यादेशमार्फत देशको विकासलाई अघि बढाउने र अर्थतन्त्रलाई...
वैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावसँगै समस्यामा पर्न थालेको सवारी...
काठमाडौं – भृकुटीमण्डप प्रदर्शनी स्थलमा यही भदौ ११ गतेदेखि नाडा अटो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...