काठमाडौंमा विद्युतीय बस चलाउन नगर विकास कोषले सहयोग गर्ने

काठमाडौं - राजधानी काठमाडौंमा विद्युतीय बस सञ्चालन गर्न नगर विकास कोषले सहयोग गर्ने भएको छ । कोषले दिगो शहरी यातायात कार्यक्रमअन्तर्गत सरकारका सम्बन्धित निकायको समन्वयमा काठमाडौँ उपत्यकामा विद्युतीय बस विस्तार गर्ने योजना अघि सारेको छ ।

यो कार्यक्रमलाई अन्य ठूला शहरमा पनि थप्दै लैजाने योजना रहेको कोषले बताएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, त्रिवि केन्द्रीय भूगोल विभाग, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), ‘साउथ एसिया इन्स्टिच्युट अफ एड्भान्स्ड स्टडिज’ (एसआइएएस), ‘प्राक्टिकल एक्सन साउथ एसिया अफिस’लगायत संस्थाले संयुक्तरूपमा आयोजना गरेको ‘भोलिको शहर’ विषयक कार्यशाला गोष्ठीमा कोषका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटाले शहरी पूर्वाधार विकास कार्यक्रमलाई पनि सहयोग गरिरहेको जानकारी दिए । 

अहिले पनि साझा यातायात, सुन्दर यातायातलगायत कम्पनीले केही मात्रामा भए पनि राजधानीमा विद्युतीय बस सेवा सञ्चालन गरेका छन् । कोषले विद्युतीय बस सेवाका लागि सहयोग गरेपछि राजधानी शहरको वातावरणीय सुधारमा पनि योगदान पुग्ने विश्वास गरिएको छ ।

देशभरका ८८ नगरपालिकामा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले सुशासन प्रवर्द्धन, नगरपालिकालाई सुव्यवस्थितरूपमा सञ्चालनका लागि क्षमता विकास, खानेपानी पूर्वाधार एवं सरसफाइजस्ता कार्यक्रममा नगरपालिकालाई सहयोग भइरहेको उल्लेख गरे । 

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नगरपालिकालाई विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक सहयोग गरिएको जानकारी दिए ।

युके एडका तर्फबाट शहरी योजनाविद् सरोज बस्नेतले शहरमा सम्पदा संरक्षणको कार्यक्रमका लागि प्राविधिक सहयोग माग भइरहेको सुनाए । पोखरा महानगरपालिका, जनकपुर र बुटवल नगर क्षेत्रमा हाल युके एडले कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए । रासस

सम्बन्धित समाचारहरू

९ महिनामा २,४५१ युनिट विद्युतीय गाडी आयात, यस्तो छ अवस्था

९ महिनामा २,४५१ युनिट विद्युतीय गाडी आयात, यस्तो छ अवस्था

काठमाडौं – चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा २ हजार ४५१ युनिट विद्युतीय...

बीवाईडीद्वारा बीटुबी बजार लक्षित नयाँ ‘लिङहुई’ ब्रान्ड सार्वजनिक, चार नयाँ मोडल घोषणा

बीवाईडीद्वारा बीटुबी बजार लक्षित नयाँ ‘लिङहुई’ ब्रान्ड सार्वजनिक, चार नयाँ मोडल घोषणा

चिनियाँ ईभी ब्रान्डको रुपमा लोकप्रिय कम्पनी बीवाईडीले बिजनेस टु बिजनेस...

बीवाईडी एट्टो३ इलेक्ट्रिक एसयूभीले पायो फाइभ स्टार युरो एनक्याप सेफ्टी रेटिङ

बीवाईडी एट्टो३ इलेक्ट्रिक एसयूभीले पायो फाइभ स्टार युरो एनक्याप सेफ्टी रेटिङ

चीनको प्रतिष्ठित इलेक्ट्रिक सवारी निर्माता कम्पनी बीवाईडीको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...