नाडाद्वारा सीप तथा क्षमता विकास इकाई गठन, दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं – नाडाले अटोमोबाइल क्षेत्रमा कार्यरत प्राविधिकहरुको सीप तथा क्षमता विकासका लागि दीर्घकालीन प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दे जाने उद्देश्यले सीप तथा क्षमता विकास इकाई समेत गठन गरेको छ ।

नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदस्यिय इकाई गठन गरेको थियो । विद्युतीय सवारी साधनहरुको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहयोगमा नाडाले यही २०८० जेष्ठ २४ र २५ गते नाडा सचिवालयमा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको बताएको छ ।

शुरुआती चरणको उक्त कार्यशाला गोष्ठीमा विद्युतीय सवारी साधनहरु आयात गर्ने नाडाका सदस्य कम्पनीहरुबाट जम्मा ७ जना प्राविधिकहरु सहभागी भएका थिए भने नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट महासंघका पाठयक्रम विकास विशेषज्ञ खेमराज काफलेले सो गोष्ठीमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका थिए ।

विद्युतीय सवारी साधनहरुको प्रयोग र महत्व दिन प्रतिदिन बढदै गएको परिप्रेक्षमा नाडाले पहिलो पटक त्यस किसिमको कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । उक्त गोष्ठीमा महासंघ अन्तर्गत रहेको इ.एल.एम.यस का टिम लिडर चन्द्रकान्त अधिकारी र लेखा प्रमुख पर्शुराम नेपालको विशेष सहयोग रहेको थियो । सो वर्कशप गोष्ठीको लागि नाडाका उपाध्यक्ष, विद्युतीय सवारी साधन समितिका सभापति र स्किल डेभलपमेण्ट इकाईका सभापति राजनबाबु श्रेष्ठले आवश्यक पहल गरेका थिए ।

यस किसिमको वर्कशप गोष्ठीबाट नाडाले विद्युतीय सवारी साधनहरुको सम्बन्धमा आवश्यक सीप र ज्ञान अभिवृद्धि हुने अपेक्षा राखेको छ । त्यसैगरी नाडाले महासंघसंगको सहयोगमा त्यस किसिमका प्राविधिक तालिम कार्यक्रमहरु सम्पन्न गर्दे जाने लक्ष्य समेत लिएको बताएको छ ।

यसै क्रममा नाडाले अटोमोबाइल वर्कशपमा कार्यरत मेकानिक्सहरुको सीप र क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रम संचालनका लागि स्वीस सरकारको अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था हेल्भेटास अन्तर्गत रहेको इनसियोरसँग पनि छिट्टै संझौता पत्रमा हस्ताक्षर गर्र्ने तयारी गरिरहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

करण चौधरीले घोषणा गरे टिम : सबै क्षेत्रलाई समेटेर अटो क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता

करण चौधरीले घोषणा गरे टिम : सबै क्षेत्रलाई समेटेर अटो क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि...

लम्बियो गाडी र मोटरसाइकल माथिको प्रतिबन्ध : असोज २८ सम्म

लम्बियो गाडी र मोटरसाइकल माथिको प्रतिबन्ध : असोज २८ सम्म

काठमाडौं – सरकारले गाडी र मोटरसाइकलका साथै विभिन्न वस्तुहरुमा लगाइएको...

नाडा र चीनको सीसीपीआईटी–अटो बिच ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षर, अटो क्षेत्रमा सहकार्य गरिने

नाडा र चीनको सीसीपीआईटी–अटो बिच ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षर, अटो क्षेत्रमा सहकार्य गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा दुई देशका व्यापारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...