नाडाद्वारा बजेटमार्फत भन्सार शुल्क र अन्तःशुल्कमा विभिन्न छुट लगायतका सुविधा दिन माग

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सवारी साधनको पार्टपूर्जा आयात र उत्पादनमा भन्सार शुल्कमा ५० प्रतिशत र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिनुपर्ने माग राखेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयलाई १० बुँदे सुझाव दिदै नाडाले यस्तो माग राखेको हो ।

यस्तै, पुराना सवारी साधनहरूलाई पत्रु गरी नयाँ सवारी साधन लिँदा भन्सार महसुलमा छुट तथा सुविधाको व्यवस्था हुनुपर्ने पनि उक्त सुझाव पत्रमा उल्लेख छ । सबै किसिमका एसेम्बलिङ उद्योगले आयात गर्ने अनएसेम्बल विद्युतीय सवारी साधनहरु (मोटर साइकल, स्कुटर , रिक्सा , कार , जिप, भ्यान) को पार्टपुर्जा पैठारी गर्दा भन्सार महसुलमा ७५ प्रतिशत छुटको व्यवस्था गरिनु पर्ने नाडाले माग गरेको छ । त्यसैगरी विभिन्न प्रकारका सवारी साधनको महसुल सम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक परिमार्जन गर्नु पर्ने सूची समेत नाडाले उल्लेख गरेको छ ।

साथै, नाडाले आर्थिक अध्यादेशमा पैठारी सम्बन्धी विशेष व्यवस्थामा भएका सर्तलाई कायम गर्दै त्यसको थप स्पष्टताको लागि विभिन्न वाक्यांशहरू समेत थप गरिनु पर्ने विषय पनि समावेश गरेको छ ।

यस्ता छन् अन्य सुझाव

सम्बन्धित समाचारहरू

असोज ६ देखी ९ गतेसम्म इभी एक्सपो आयोजना हुने

असोज ६ देखी ९ गतेसम्म इभी एक्सपो आयोजना हुने

नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले पहिलोपटक इभी एक्सपो आयोजना गर्ने भएको...

नाडा र चीनको सीसीपीआईटी–अटो बिच ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षर, अटो क्षेत्रमा सहकार्य गरिने

नाडा र चीनको सीसीपीआईटी–अटो बिच ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षर, अटो क्षेत्रमा सहकार्य गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा दुई देशका व्यापारिक...

‘वाडा अटो शो’को पूर्व सन्ध्यामा पोखरा मोटर र्याली सम्पन्न

‘वाडा अटो शो’को पूर्व सन्ध्यामा पोखरा मोटर र्याली सम्पन्न

पोखरा – पोखरामा ‘पाेखरा मोटर र्याली’ सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...