वर्कशपलाई उत्पादनमूलक उद्योगले पाउने सरहको सुबिधा दिन नाडाको सुझाव

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारीसाधनको मर्मतसम्भार सम्बन्धी काम गर्ने वर्कशपलाई उत्पादनमूलक उद्योगले पाउने सरहको सुबिधा दिन सुझाव दिएको छ । आगामी आर्थिक वर्षको बजेटमा अर्थ मन्त्रालयलाई सुझाव पठाउँदै नाडाले वर्कशप उद्योगले प्रशस्त रोजगारी दिने भएकाले उत्पादनमूलक उद्योगले पाउने सरहको सुबिधा दिन सुझाव दिएको हो ।

वर्कशप उपकरण तथा इक्विपमेन्ट आयात गर्दा लाग्ने भन्सार शुल्कलाई ३० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्न र अन्तःशुल्क नलाग्ने व्यवस्था लागु गर्न समेत नाडाले माग गरेको छ ।

वर्कशप उपकरण तथा इक्विपमेन्ट अति आवश्यक बस्तुमा पर्ने जनाउँदै नाडाले सवारीसाधनको मर्मत सम्भारलाई प्रोत्साहित गर्न समेत यस्ता उपकरणको मूल्य घटाउनुपर्ने उल्लेख गरेको छ । साथै, उसले सवारी दुर्घटना कम गर्न र रोजगारी बृद्धि गर्न समेत वर्कशप उपकरणको भूमिका रहने बताएको छ ।

‘वर्कशप उपकरणहरु अत्यावश्यकिय वस्तुमा पर्ने र सवारी साधनहरुको मर्मतसम्भार खर्चलाई घटाई सवारी धनीहरुलाई आफ्नो सवारी साधनको मर्मत सम्भारका लागि प्रोत्साहित गरी सवारी दुर्घटनालाई घटाउन मदत पुग्नेछ’ नाडाले भनेको छ, ‘स्वरोजगार वर्कशप व्यवसायीहरुले आयात गर्ने उपकरणहरुमा पूर्णरुपले भन्सार छुट दिइनु पर्नेछ ।’

यातायात व्यवस्था विभागले जारी गरेको कारखाना तथा वर्कशप सञ्चालन निर्देशिका २०७४ लाई समयानुकूल संशोधन गरी यथाशिघ्र लागु गर्न र सो निर्दशिका अनुसार सञ्चालन हुने वर्कशपहरुले प्रयोग गर्ने उपकरणहरु आयात गर्दा भन्सार महशुलमा पूर्ण छुट तथा आयकरमा पनि अन्य सेवा उद्योग सरह छुट दिन नाडाले सुझाव दिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...