नाडाको आकर्षण बन्दै छ रोयल इन्फिल्ड हन्टर

काठमाडौं – आगामी भाद्र २६ देखि ३१ गते सम्म काठमाडौंको भृकुटी मण्डपमा सम्पन्न हुने नाडा अटो शोमा विभिन्न मोडलका नयाँ सवारी साधन प्रदर्शन गरिने छन् । ती मध्ये रोयल इन्फिल्डको नयाँ मोटरसाइकल हन्टर पनि आकर्षण बन्न सक्ने देखिएको छ ।

रोयल इन्फिल्ड हन्टर ३५० नेपाली बजारका लागि सार्वजनिक गर्ने कम्पनीले तयारी गरिरहेको छ । यो भन्दा पहिले नै औपचारिक रुपमा सार्वजनिक हुने वा नहुने अझै आधिकारिक जानकारी सार्वजनिक नभए पनि नाडामा भने यो मोटरसाइकल प्रदर्शन गरिने पक्का नै छ ।

नयाँ रोयल इन्फिल्ड हन्टर ३५० एक रोडस्टर हो, जसको लुक निकै आकर्षक छ । सो बाइकमा गोलाकार हेडल्याम्प, फोर्क कभर गार्टर, मेट्रोका लागि दस–स्पोक अलोय ह्विल र रेट्रो भेरिएन्टका लागि वायर्ड–स्पोक ह्विल, सिंगल पिस सिट, एलईडी टेलल्याम्प र स्टबी एक्जस्ट उपलब्ध छ ।

रोयल इन्फिल्ड हन्टर ३५० मा ३४९ सीसी सिंगल सिलिन्डर एयर–आयल कुल्ड फ्युल इन्जेक्टेड इन्जिन जडान गरिएको ।छ, जसले ६१०० आरपीएममा २०.२ बीएचपी पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ । यो इन्जिन ५ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ र यसले ३६.२ किमी प्रति लिटरको माइलेज दिन्छ ।

बाइकको फ्रन्टमा डिस्क ब्रेक र रियरमा सिंगल वा ड्युअल च्यानल एबीएस भएको डिस्क÷ड्रम समावेश छ । यसमा १७ इन्चको पाङ्ग्रा जडान गरिएको छ । हन्टर ३५० मा डिजिटल–एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर र अप्सनल ट्रिपर नेभिगेसन पोड छ ।

हाल नेपाली बजारमा रोयल इन्फिल्डका क्लासिक र स्क्राम मोटरसाइकल बिक्रीका लागि उपलब्ध छन् । नेपाली बजारमा अल्फा अटोमोटिभले रोयल इन्फिल्डका मोटरसाइकल बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डका दुई एड्भेन्चर बाइक हिमालयन पुगे दक्षिण ध्रुव

रोयल इन्फिल्डका दुई एड्भेन्चर बाइक हिमालयन पुगे दक्षिण ध्रुव

रोयल इन्फिल्डले ९० डिग्री दक्षिण अभियान सफलतापूर्वक सम्पन्न भएको...

भेट्रान सोलो राइडर गुफीले यसरी फहराए सगरमाथामा रोयल इन्फिल्डको झण्डा

भेट्रान सोलो राइडर गुफीले यसरी फहराए सगरमाथामा रोयल इन्फिल्डको झण्डा

काठमाडौं – नेपालका एक मात्र रोयल इन्फिल्ड मोटरसाइकलका भेट्रान सोलो राइडर...

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक फ्लाइङ फ्ली सी६ सार्वजनिक

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक फ्लाइङ फ्ली सी६ सार्वजनिक

दमदार इन्जिन र गडगडाहट आवाजका बाइक उत्पादनका लागि लोकप्रिय मानिएको कम्पनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...