नाडाद्धारा नेपाल–भारत व्यापार संझौताका विषयमा छलफल
नाडा प्रतिनिधी मण्डलले भारतको राजधानी नयाँ दिल्लीमा भारत सरकार, वाणिज्य...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसनको नयाँ कार्यसमितिलाई आज पूर्णता दिइएको छ । शुक्रबार करण चौधरी अध्यक्षमा निर्वाचित भएको घोषणा गरिए पश्चात आज पदाधिकारी सहितको टोलीको घोषणा गरिएको हो ।
नयाँ कार्यसमितिमा अधिकांश सर्वसम्मत र केही निर्वाचनका माध्यमले चयन भएका हुन् ।
पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छालाई चुनेको छ। ४७औँ साधारणसभाले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पदको व्यवस्था गरेको थियो । अगामी दुई बर्षपछि आकाश गोल्छा स्वतः अध्यक्ष बन्ने छन । त्यस्तै उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ चयन भएका छन । एशोसिएट उपाध्यक्षमा जानकी अटोमोबाइल्स एशोसिएसन अफ नेपालबाट तेजनारायण साह र सुदुर पश्चिम अटोमोबाइल्स डिलर्स एशोसिएसनको तर्फबाट पुष्करराज ओझा चयन भए।
महासचिवमा सुरेन्द्र कुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल दोहोरिएका छन्। सचिवमा बिक्रम सिंघानिया विजयी बने ।
शुक्रबारको साधारण सभाबाट सदस्यमा सुनिल रिजाल, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध भएका थिए।
कार्यसमितिले मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठ गरी तीन जनालाई कार्यसमितिमा मनोनयन गरेको छ ।
संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट पुष्करराज ओझा निर्विरोध बनेका थिए।
नाडाको विधान अनुसार अध्यक्ष बाहेक १७ जना निर्वाचित सदस्य, प्रदेशबाट ७ जना, ३ जना अध्यक्षबाट मनोनित र निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहने प्रावधान रहेको छ ।
नाडा प्रतिनिधी मण्डलले भारतको राजधानी नयाँ दिल्लीमा भारत सरकार, वाणिज्य...
काठमाडौं । अटोमोवाइल क्षेत्रका विभिन्न समस्या सम्बन्धमा छलफल भएको छ ।...
काठमाडौं–नाडा अटो शो २०२५ मा उत्कृष्ट स्टलको पुरस्कार दिपल, रोयल इनफिल्ड,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...