नाडामा कार्यसमिति नै निर्विरोध निर्वाचित, को–को छन् नयाँ कार्यसमितीमा ?

काठमाडौं–नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) मा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो ।

यसअघि १७ सदस्यका लागि १८ जनाले उम्मेदवारी दिएपछि निर्वाचन हुने सम्भावना देखिएको थियो । तर, अन्तिम समयमा उम्मेदवार दीपककुमार अग्रवालले आफ्नो नाम फिर्ता लिएसँगै सबै सदस्यहरू निर्विरोध चयन भएका हुन् ।

व्यक्तिगततर्फबाट विक्रम सिंहानिया, दीपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, नारायणप्रसाद पौडेल, अनुपकुमार बराल, अभिक ज्योति, पंकज अग्रवाल, निलमणि पाठक, नवीनकुमार परख, विमल साह, दिवाकर मिश्रा, दीपकराज गिरी, नवराज भुषाल, तोयानाथ खनाल, मिलनबाबु मल्ल, प्रकाश कपुरी र विकास जोशी निर्वाचित भएका छन् ।

त्यसैगरी, संस्थागततर्फ सातै प्रदेशका अटोमोबाइल्स एशोसिएसनबाट प्रतिनिधिहरू चुनिएका छन् । जसमा डिल्लीराज आचार्य (मोरङ), केदारकुमार अग्रवाल (जानकी), दामोदर प्रसाद अटल (हेटौंडा), दीपेन्द्र कोइराला (पश्चिमाञ्चल), गणेशप्रसाद भट्टराई (लुम्बिनी), भद्र भण्डारी (कर्णाली) र पुस्करराज ओझा (सुदूरपश्चिम) रहेका छन् ।

नाडाको विधान अनुसार २९ सदस्यीय कार्यसमितिमा २५ जना निर्विरोध चयन भएका छन् भने निवर्तमान अध्यक्ष स्वतः सदस्य रहने व्यवस्था छ । बाँकी तीन सदस्य भने नयाँ कार्यसमितिले मनोनित गर्नेछ ।

गत पुस ९ गते ४९ औं वार्षिक साधारण सभा सम्पन्न भए पनि निर्वाचन कार्यतालिका नमिलेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पुनः निर्वाचन गराउन निर्देशन दिएको थियो ।

सोही बमोजिम पुस २५ गतेका लागि निर्वाचन तय गरिएको थियो । तर, व्यवसायीहरूबीचको आपसी समझदारी र एकताका कारण चुनाव नगरी नै नयाँ नेतृत्व छानिएको छ ।

सम्बन्धित समाचारहरू

दुर्घटना कम गर्न  ६ महिनामा गाडीको नवीकरण : गण्डकी प्रदेश सरकार

दुर्घटना कम गर्न ६ महिनामा गाडीको नवीकरण : गण्डकी प्रदेश सरकार

गण्डकी सरकारले दुर्घटना न्यूनीकरणका लागि गाडीको जाँचपास प्रत्येक ६...

नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोबाइल्स व्यवसायीलाई प्रशिक्षण

नाडाको सहकार्यमा लुम्बिनीमा अटोमोबाइल्स व्यवसायीलाई प्रशिक्षण

बुटवल – नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी...

स्केल फरक भए पनि नाडा अटो शो र नाडा ईभी एक्सपोमा इनर्जी उही छ

स्केल फरक भए पनि नाडा अटो शो र नाडा ईभी एक्सपोमा इनर्जी उही छ

भोलि अर्थात असोज ६ देखि काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी एक्सपो २०२२...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...