३ दिनमै ७८ हजार भन्दा बढीले अवलोकन गरे नाडा अटो शो २०२५
काठमाडौं – नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक सफलता हासिल गरेको छ। केवल तीन...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी नेतृत्व र कार्यसमित सर्बसम्मत चयन भएको छ । अध्यक्षमा करण चौधरी सहित कार्यसमितीमा साधरण सदस्यका तर्फबाट राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ, आकाश गोल्छा, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, मिलनबाबु मल्ल, बिक्रम सिंहानिया, पंकज अग्रवाल, यमुना श्रेष्ठ, प्रदिपमान प्रधान, कपिल शिवाकोटी, प्रकाश कपुरी, दिपेन्द्रकुमार मिश्रा, रिद्धि कार्की, नवराज भुसाल, सौरभ थापा र संजयकुमार खेतान सर्बसम्मत चयन भएका हुन् ।
नयाँ नेतृत्व र कार्यसमिती चयनका लागी आज राखिएको बैठकमा आवश्यक संख्याले मात्र मनोनयन दर्ता गरेपछि अध्यक्ष सहित सम्पूर्ण कार्यसमिती नै सर्बसम्मत चयन भएको हो । संस्थागत सदस्यका तर्फबाट सञ्जयकुमार श्रेष्ठ (मोरङ अटोमोबाइल एसोसिएसन), तेज नारायण शाह (जानकी अटोमोबाइल एसोसिएसन), कुलबहादुर क्षेत्री (चितवन अटोमोबााइल एसोसिएसन) र कृष्णप्रसाद श्रेष्ठ (पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन), गणेशप्रसाद भट्टराई (लुम्बिनी अटोमोबाइल एसोसिएसन अफ नेपाल), भद्र भण्डारी (कर्णाली अटोमोबाइल एसोसिएसन), पुस्करराज ओझा (सुदुर पश्चिम अटोमोबाइल डिलर्स एसोसिएसन) कार्यसमिति सदस्यमा चयन भएका छन् ।
नयाँ कार्यसमितीमा साधरण सदस्यका तर्फबाट चयन भएका मध्ये ५ जना नयाँ अनुहार छन् भने १२ जना पुरानै कार्यसमितीबाट आएका हुन् । कार्यसमितीमा चयन भएका नयाँ सदस्यमा दिपेन्द्र मिश्र, रिद्धि कार्की, नवराज भुसाल, सौरभ थापा र संजयकुमार खेतान छन् । जसमध्ये सौरभ थापा वाहेक वाँकी ४ जना स्पेयर पार्ट्स व्यवसायमा संलग्न हुन् ।
नाडाको आगामी कार्यकालमा कार्यसमिती सदस्य वनेका दिपेन्द्रकुमार मिश्र सत्यदिप ग्रुपका संचालक हुन् । यो ग्रुपले नेपाल गोल्ड ब्रान्डको लुब्रिकेन्ट्सलाई स्वदेशमै उत्पादन गर्दै आएको छ भने मिन्डा, वोस, एमके सहित एकदर्जन वढी ब्राण्डका स्पेयर पार्ट्स तथा केज ब्रान्डको ब्याट्री, मोटुल लुब्रिकेन्ट्स र मेभोक्स हेल्मेट आयत गरी बिक्री गर्दै आएको छ ।
सदस्य चयन भएका अर्का व्यवसायी रिद्धि कार्की टिभिएस, अटोसेल, मोन्रो, जेन, सिन्डिकेट र एसकेएफ लगायत ब्राण्डको आयतकर्ता श्रीदुष इन्टरनेश्नलका प्रवन्ध निर्देशक हुन् । यसैगरी नवराज भुषालको रिता अटोमोबाइल्सले स्पाइसर, टोयो, टिभिएस गिर्लिङ, भेलिओ, रेम्सन्स, हेलिकोर्ड र रिको सहित दुई दर्जन बढी ब्रान्डका स्पेयर पार्टस आयत गरी कारोवार गर्दै आएको छ ।
अर्का व्यवसाी संजयकुमार खेतान हिमांशु इन्टरनेश्नलका संचालक हुन् । संजय नाडाका पूर्ब अध्यक्ष सुनिल खेतानका भाई समेत हुन् । उनको यो कम्पनीले केवाईबी ब्राण्डको शक एब्जर्वर सहित अन्य थुप्रै ब्राण्डका स्पेयर पार्ट्स आयत गरी कारोबार गर्छ ।
काठमाडौं – नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक सफलता हासिल गरेको छ। केवल तीन...
काठमाडौं – नाडा अटो शो २०२४ मा प्रदर्शन गरिएको एमजी साइबरस्टर सोल्ड आउट...
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी पुष्करराज ओझा विजयी भएका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...