नाडाद्वारा ट्राफिकलाई ५ सय थान ज्याकेट सहयोग

नाडा अटोमोबाइल्स एसोसिएसन्स अफ नेपालले महानगरीय ट्राफिक प्रहरीलाई ५ सय थान फ्लोरोरेन्ट ज्याकेट उपलब्ध गराएको छ।

नाडा अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधिमण्डलले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीसँग भेटी राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणहरु बारे विस्तृत छलफल समेत गरेको नाडाले जनाएको छ।

उक्त भेटघाटमा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले आफनो कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गरे। उक्त भेटघाट तथा छलफलमा महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक अधिकारीले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतिहरु बारे चर्चा गर्दै ट्राफिक व्यवस्थापनमा सजह हुने व्यवस्थाका लागि नाडासंग मिलेर काम गर्न चाहेको बताए।

सो छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नाडा बीच विगतको समयदेखि नै हुदै आएको सहकार्य बारे चर्चा गरे। सोही क्रममा उनले महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रसंसा गर्दे यसलाई अझ थप सुधार गर्नुपर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताए।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका उपाध्यक्ष करण चौधरी, उपाध्यक्ष आकाश गोल्छा महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंघानियाको उपस्थिति रहेको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...