नाडाद्धारा नेपाल–भारत व्यापार संझौताका विषयमा छलफल

नाडा प्रतिनिधी मण्डलले भारतको राजधानी नयाँ दिल्लीमा भारत सरकार, वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासंग नेपाल र भारतको व्यापार संझौतालाई थप विस्तार र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको छ ।

नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको उक्त प्रतिनिधी मण्डलले द्धिपक्षिय आयात निर्यातलाई सुदृढ बनाउने विषयमा पहिलो चरणको छलफल सम्पन्न गरेको हो । अर्को चरणको छलफलको लागि दुबै पक्षले अर्को मिति तोकेर भारतको इइपिसीलाई नेपालमा निमन्त्रण गरिने छ । उक्त छलफलमा अटोमोवाइल कम्पोनेन्ट, अटोमोवाइल स्पेयर पार्टस र विद्युतिय सवारी साधनहरुका विषयमा छलफल गरिने जनाइएको छ ।

यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।

उक्त छलफलमा इन्जिनियरिङ्क एक्सपोर्ट प्रमोशनका उन्सिल अफ इण्डीयाका (इइपिसी) तर्फबाट पूर्व अध्यक्ष अरुण गारोडिया, सह निर्देशक पल्लवी साह, कार्यकारी निर्देशक तथा सचिव अधिपमित्रा र निर्देशक नीशिकान्त जुम्दा समेतको उपस्थिति रहेको थियो ।

त्यसैगरी नाडाका तर्फबाट निवर्तमान अध्यक्ष धु्रव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्य क्षपुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

हाम्रो बजार संगको सहकार्यमा आजबाट डिजिटल नाडा अटो शो

हाम्रो बजार संगको सहकार्यमा आजबाट डिजिटल नाडा अटो शो

काठमाडौं– नेपालमा पहिलो पटक अनलाइन अटो शो शुरु भएको छ । नाडा अटोमोबाइल्स...

मौद्रिक नीतिप्रति नाडाको असन्तुष्टि, भन्यो – मौद्रिक नीतिले अटो क्षेत्रलाई पुरै बेवास्ता ग-यो

मौद्रिक नीतिप्रति नाडाको असन्तुष्टि, भन्यो – मौद्रिक नीतिले अटो क्षेत्रलाई पुरै बेवास्ता ग-यो

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले चालु आर्थिक वर्ष २०८१/८२...

डेटलाइन असोज २८ : आयात प्रतिबन्ध खुल्ला ?

डेटलाइन असोज २८ : आयात प्रतिबन्ध खुल्ला ?

सरकारले खासगरी विदेशी मुद्रा सञ्चितिमा दवाव परेको कारण देखाउदै २०७९ बैशाख...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...