नाडा अध्यक्ष प्रत्यासी धुब्र थापाले घोषणा गरे आफ्नो प्यानल, व्यवसायीसँग अन्तरक्रिया गर्दै
अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको...
नाडा प्रतिनिधी मण्डलले भारतको राजधानी नयाँ दिल्लीमा भारत सरकार, वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासंग नेपाल र भारतको व्यापार संझौतालाई थप विस्तार र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको छ ।
नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको उक्त प्रतिनिधी मण्डलले द्धिपक्षिय आयात निर्यातलाई सुदृढ बनाउने विषयमा पहिलो चरणको छलफल सम्पन्न गरेको हो । अर्को चरणको छलफलको लागि दुबै पक्षले अर्को मिति तोकेर भारतको इइपिसीलाई नेपालमा निमन्त्रण गरिने छ । उक्त छलफलमा अटोमोवाइल कम्पोनेन्ट, अटोमोवाइल स्पेयर पार्टस र विद्युतिय सवारी साधनहरुका विषयमा छलफल गरिने जनाइएको छ ।
यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।
उक्त छलफलमा इन्जिनियरिङ्क एक्सपोर्ट प्रमोशनका उन्सिल अफ इण्डीयाका (इइपिसी) तर्फबाट पूर्व अध्यक्ष अरुण गारोडिया, सह निर्देशक पल्लवी साह, कार्यकारी निर्देशक तथा सचिव अधिपमित्रा र निर्देशक नीशिकान्त जुम्दा समेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी नाडाका तर्फबाट निवर्तमान अध्यक्ष धु्रव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्य क्षपुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।
अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको...
काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई...
काठमाडौँ – नाडा अध्यक्ष पदका लागि केही दिनदेखि चर्चामा रहेका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...