सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो

काठमाडौं–नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटघाट गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको टोलीले महानिर्देशक पोखरेलसँग भेट गरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल गरेको हो ।

अध्यक्ष चौधरीले विभागले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञासा राख्दै यस सम्बन्धमा सो विभागले गरिरहेको अध्ययन र तयारीको प्रशंसा गरे । यसैक्रममा अध्यक्ष चौधरीले प्रस्तावित निर्देशिकामा भएका बुँदाबारे नाडा र विभागविच विस्तृत छलफल गरी अघि बढनुपर्ने धारणा राखे । ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले प्रस्तावित निर्देशिकामा उल्लेखित केही बुँदाको विषयमा थप छलफल गरिनुपर्ने आवश्यकता रहेको बताए । उल्लेखित बुँदाका सम्बन्धमा क्रमबद्ध रुपमा छलफल गरी सो निर्देशिकालाई यथार्थ र व्यावहारिक बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेलाई दण्डित गर्नुपर्ने र सही कार्य गर्नेलाई पुरस्कृत गर्नुपर्ने धारणा राख्दै नेपालमै व्याट्री उद्योगको स्थापना भइसकेको जानकारी दिए ।

सो भेटघाटमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले प्रस्तावित निर्देशिका तयार पार्न सयुक्त राष्ट्र र युरोपेली युनियनले के कस्तो व्यवस्था गरेको छ भन्ने बारेमा समेत अध्ययन गरिएको जनाए ।

महानिर्देशक पोखरेलले यस विषयमा नाडा जस्तो मुख्य सरोकारवालासँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताए । नेपालमा अहिलेसम्म सवारी साधन आयात सम्बन्धी कुनै स्पष्ट नियम नभएकाले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भइरहेको उनको भनाई थियो ।

सम्बन्धित समाचारहरू

पोखरामा चल्दै औद्योगिक मेला, अटो स्टलमा आकर्षण

पोखरामा चल्दै औद्योगिक मेला, अटो स्टलमा आकर्षण

पोखरामा हाल ‘राष्ट्रिय औद्योगिक व्यापार मेला चलिरहेको छ । मंसिर २१ देखि...

भाद्र ३ देखि ८ गते सम्म नाडा अटो शो २०२५ हुने, खुल्यो रजिष्ट्रेशन

भाद्र ३ देखि ८ गते सम्म नाडा अटो शो २०२५ हुने, खुल्यो रजिष्ट्रेशन

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आगामी २०८२ भाद्र ३...

नाडा अब महासंघमा रुपान्तरण हुने

नाडा अब महासंघमा रुपान्तरण हुने

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...