नाडा अध्यक्ष प्रत्यासी धुब्र थापाले घोषणा गरे आफ्नो प्यानल, व्यवसायीसँग अन्तरक्रिया गर्दै
अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेटघाट सम्पन्न गरेको छ । बिहीबार सम्पन्न उक्त भेटघाट कार्यक्रममार्फत नाडा प्रतिनिधि मण्डलले भन्सार नाकाहरुमा लामो समय देखि रहेका सवारीका साधनहरु छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि आग्रह गरेको छ ।
उक्त छलफलमा नाडाका अध्यक्ष थापाले सरकारले सवारी साधनहरुको आयातमा लगाएको प्रतिवन्ध खुलाए पनि सो आयात प्रतिवन्ध लगाउनु अघि देखि नै नेपाल राष्ट्र बैंकले लागु गरेको अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारी साधनहरुको खरिद विक्रीमा कुनै सुधार हुन नसकेको भन्दै यसै कारण सवारी साधन पैठारीकर्ताहरुले भन्सार नाकाहरुबाट आफना सवारी साधनहरु उठाउन नसकेको स्पष्ट पारे ।
सोही क्रममा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले कार जिप र भ्यान जस्ता सवारी साधनहरुको बजार वार्षिक १७÷१८ हजार रहेकोमा अहिले त्यो घटेर ७/८ हजारमा झरेको बताउँदै कूल सवारी साधनहरुको विक्रीे ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुने गरेको समेत बताए ।
त्यसैगरी सो छलफलमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवालले एलसी खोलेर ल्याएका स्पेयर पार्ट्सहरुको मूल्याङ्कनमा पनि समस्या आइरहेकोले पैठारीकर्ताले पेश गरेको विल मूल्यलाई मान्यता दिन आग्रह गर्दे सन्दर्भ मूल्य सूचीले व्यवसायीहरुलाई धेरै समस्या परिरहेकोले सो सन्दर्भ मूल्य सूचीलाई खारेज गर्नु पर्ने धारणा राखे ।
उक्त छलफलको अन्तमा महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको सम्बन्धमा मन्त्रालयमा समेत पटक पटक छलफल भइसकेको जानकारी दिदै नेपालका कुन कुन भन्सार नाकाहरुमा के कस्ता ब्राण्डका के कति संख्यामा सवारीका साधनहरु (दुई पाँग्रे तथा तीन पाँग्रे वाहेक) भन्सार परिसरमा छुटाउन बाँकी रहेका छन्, त्यसको विवरण यथाशीघ्र विभागमा पठाइदिन अनुरोध गरे ।
यसै क्रममा महानिर्देशक बुढाले विभागले छिटै मूल्याङ्कन गोष्ठीको आयोजना गर्न लागेको समेत जानकारी दिए । सो छलफलमा नाडाका सचिव विक्रम सिंघानिया लगायत कोषाध्यक्ष मिलनबाबु मल्लसमेतको उपस्थिति रहेको थियो ।
अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा कार्यरत रहेकै समयमा बनेको...
काठमाडौं – कोरोना भाइरस संक्रमणको कारण रोकिदै आएको अटोमोबाइल कुम्भ मेला...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...