कस्तो आउला बजेट ? चार पांग्रे सवारी साधनको लागि नाडाले दियो यस्तो सुझाव

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसनले अर्थ मन्त्रालयमा विभिन्न सुझावहरु प्रस्तुत गरेको छ । लिखित रुपमा प्रस्तुत गरिएको सुझावमा अन्य कुराका अतिरिक्त चार पांग्रे सवारी साधनको व्यवसाय प्रवद्र्धन गर्नका लागि विभिन्न सुझावहरु प्रदान गरिएको नाडाले जनाएको छ ।

व्यावसायिक रुपमा प्रयोग हुने चारपांगे्र सवारी तथा ढुवानीका साधनहरुहरु आम जनताको जीवनसंग प्रत्यक्ष सरोकारको विषय हुने र यसको भाडा दरले आम नागरिकको दैनिकी प्रभावित हुने भएकोले सो साधनहरुमा उच्च दरमा लागि आएको भन्सार र अन्तःशुल्क महशुल तथा सडक मर्मत सुधार शुल्क घटाउनु पर्ने नाडाले माग गरेको छ ।

आर्थिक अध्यादेशमा सवारी साधन पैठारी सम्बन्धमा स्पष्टता नभएकोले थप स्पष्ट व्याख्याको लागि अनुरोध गरिएको छ । एम्बुलेन्स सेवा संचालन निर्देशिका, २०७८ अनुसार फोर ह्विल ड्राइभ भएका एम्बुलेन्सका लागि मात्र भन्सार छुट सुविधा प्रदान गरिएको छ । सहर बजार तराई तथा समथल भू–भागमा फोर ह्विल ड्राइभ भएका एम्बुलेन्सको आवश्यकता नहुने भएकोले त्यस्तो स्थानमा टु ह्विल ड्राइभ भएका एम्बुलेन्सले फोर ह्विल ड्राइभ एम्बुलेन्स सरह भन्सार छुटको सुविधा पाउने व्यवस्था हुनु पर्ने नाडाको माग छ ।

सरकारको बिभिन्न भन्सार नाकाहरुमा लाग्ने पार्किङ चार्ज, डेमरेज चार्ज जस्ता शुल्कहरुमा हाल समानता नभएको र यस्ता शुल्कहरु पनि निकै उच्च रहेकाले आवश्यक पुनरावलोकन गरि एकरुपता कायम गर्नुपर्ने बताइएको छ ।

२० बर्ष पुराना सवारी साधनहरुको पत्रुगरी नयाँ सवारी साधन लिदा भन्सार महसुलमा छुट तथा सुविधाको व्यवस्था हुनु पर्ने तथा कार, जिप र भ्यानको हार्मोनाइज्ड कोडहरु फरक गर्नुपर्ने माग छ ।

सवारी साधनमा लाग्ने वार्षिक कर आयातकर्ता तथा डिलर दुवैका मौज्दातमा रहेका सवारी साधनमा लाग्न नहुने, बिद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्रीहरुको प्रतिस्थापन गर्न रि–एक्सपोर्ट गर्ने व्यवस्था हुनु पर्ने तथा सवारी साधन मेनुफेक्चरिङ्ग कम्पनीबाटै प्राविधिक त्रुटी भई आएका सवारी साधनहरु सोही कम्पनीमा फिर्ता पठाउँदा भन्सार, अन्तःशुल्क, मूल्य अभिबृद्धि कर जस्ता महशुल तथा सडक सुधार दस्तुर फिर्ता हुनु पर्ने तथा त्यसको सट्टामा अर्को सवारी साधन ल्याउन पाउने व्यवस्था हुुनु पर्ने नाडाको माग छ ।

सम्बन्धित समाचारहरू

वर्कशपलाई उत्पादनमूलक उद्योगले पाउने सरहको सुबिधा दिन नाडाको सुझाव

वर्कशपलाई उत्पादनमूलक उद्योगले पाउने सरहको सुबिधा दिन नाडाको सुझाव

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारीसाधनको मर्मतसम्भार...

नाडा प्रतिनिधि मण्डलले भेटे नवनियुक्त अर्थमन्त्री, के भयो छलफल ?

नाडा प्रतिनिधि मण्डलले भेटे नवनियुक्त अर्थमन्त्री, के भयो छलफल ?

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाका अध्यक्ष करण चौधरीको...

अटोमोवाइल व्यवसायीहरुले भेटे अर्थमन्त्रीलाई, समस्याको समाधान गर्न सरकार तयार

अटोमोवाइल व्यवसायीहरुले भेटे अर्थमन्त्रीलाई, समस्याको समाधान गर्न सरकार तयार

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वको टोलीले हिजो उपप्रधानमन्त्री तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...