अर्थमन्त्रीसँग नाडा प्रतिनिधि मण्डलको भेट, सवारी साधन आयात खुल्ला गर्न माग
नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले...
काठमाडौँ - तीन वर्षपछि आयोजना हुन लागेको नाडा अटो शो विगतको भन्दा फरक हुने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताएका छन् ।
आज (सोमबार) नाडा अटो शो २०२३ को विषयमा पत्रकार सम्मेलनमा बोल्दै थापाले कोभिड -१९ र सरकारले सवारी आयातमा लगाएको प्रतिबन्धका कारण तीन वर्षसम्म मेला आयोजना नगर्दा अटो बजार चलायमान हुन नसकेको बताएका हुन् ।
उनले भने, “सरकारले अर्थतन्त्रमा केही सुधार आयो भनेपनि यो वर्षपनि मेला आयोजना गर्न सहज वातावरण थिएन् । तर लामो समयसम्म मेला गर्न नपाउँदा झन् बजार सुस्ताउने भएपछि हामीले यो मेला आयोजना गर्ने जमर्को गरेका छौं ।’’ थापाले सरकारले पेट्रोलियम पर्दाथका सवारी आयातमा प्रतिबन्ध लगाउँदा पनि नाडाले इभी मेला आयोजना गरेर अटो व्यवसाय चलायमान बनाएको बताएका छन् ।
“व्यवसाय ठप्प भएको बेलामा पनि नाडाले इभी मेला गरेको थियो त्योबेला हामीलाई लागेको थियो व्यवसायको सहभागिता हुदैँन होला भनेर तर इभी मेला अवलोकनकर्ता र व्यवसायको सक्रिया सहभागि रहेको थियो । त्यसकारण हामीले अब प्रत्येक वर्ष इभी शो पनि गर्ने छौँ ।’’ उनले भने । थापाले मेलाले वार्षिक हुने व्यापारको ४० प्रतिशत व्यापार दुई महिनामा हुने र बाकीँ १० महिना हुने जनाएका छन् ।
‘कोभिडअघि अटो शो र दसैँतिहारको समयमा ४० प्रतिशत सवारी साधन बिक्री हुने गरेको थियो। अहिले अवस्था बदलियो। अर्थतन्त्र जटिल अवस्थामा रहेकाले यो वर्षको अटो शोले अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने छ । भाद्र २६ देखि ३१ गतेसम्म हुने नाडा अटो शो २०२३ मा ७५ हजार आगन्तुकहरूले अवलोकन गर्नेछन् भने २० अर्बभन्दाबढी व्यापार हुने नाडाले जनाएको छ ।
नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाका अध्यक्ष करण चौधरीको...
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...