तीन वर्ष पश्चात नाडा अटो शो आगामी भदौमा हुने

काठमाडौं– तीन वर्ष पश्चात सवारी साधनको कुम्भ मेला मानिने नाडा अटो शो आगामी भदौमा हुने भएको छ । कोरोना महामारी र आयात प्रतिबन्धले तीन वर्षदेखि हुन नसेकेको नाडा अटो शो आगामी भदौमा गरिने भएको हो ।

आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौं २६ गतेदेखि असोज १ गतेसम्म नाडा अटो शो आयोजना गर्ने जानकारी दिएको छ ।

कोरोना महामारीका कारण यो भन्दा पहिले नाडा अटो शो हुन सकेको थिएन । गत वर्ष शो हुने तयारी गरिए पनि आयात प्रतिबन्धका कारण सवारी साधनमा आकर्षण नभएकाले अन्तिममा रोकिएको थियो । यद्यपि गत वर्ष इलेक्ट्रिक सवारी साधनको छुट्टै शो ‘नाडा ईभी अटो शो’ आयोजना गरिएको थियो ।

नाडा अटो शोमा ईभी लगायतका नयाँ सवारी साधनका साथै कम्पोनेन्ट र यससँग सम्बन्धित एसेसरिज लगायत विभिन्न संस्थाहरुको सहभागिता रहने छ । त्यसैगरी नेपालमा उत्पादन भएका सवारी साधन समेत विशेष प्राथमिकताका साथ प्रदर्शन गरिने छ ।

सम्बन्धित समाचारहरू

पोखरामा चल्दै औद्योगिक मेला, अटो स्टलमा आकर्षण

पोखरामा चल्दै औद्योगिक मेला, अटो स्टलमा आकर्षण

पोखरामा हाल ‘राष्ट्रिय औद्योगिक व्यापार मेला चलिरहेको छ । मंसिर २१ देखि...

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

काठमाडौं – यो वर्षको नाडा अटो शो आगामी भदौ ११ देखि १६ गते (अगस्त २७ देखि...

नाडाले भन्यो-‘मौद्रिक नीति अपेक्षा अनुसार आएन’

नाडाले भन्यो-‘मौद्रिक नीति अपेक्षा अनुसार आएन’

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...