नाडा अटाे शाे काे लागि ‘खल्ती एप’बाट टिकट बुकिङ गर्न सकिने

काठमाडौँ - नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १५ औं सस्करणको नाडा अटो शो, २०२३ मा सटल बस सञ्चालन गर्ने भएको छ ।

करिब चार वर्षपछि आयोजना हुँदै गरेको नाडा अटो शोमा निःशुल्क सटल बसको सञ्चालन गर्ने भएको हो । दुई लाखभन्दा बढी अवलोकनकर्ताहरूको सवारी पार्किङको समस्यालाई ध्यानमा राख्दै पहिलो पटक निःशुल्क सटल बसको व्यवस्था गरिएको मेला संयोजक अनुप कुमार बरालले जानकारी दिए ।

यसपटकको नाडा अटो शोमा ठूला तथा साना गरि करिब १२० वटा स्टल र ब्लकहरू रहने छन् । यहीँ आउँदो भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौँस्थित भृकुटीमण्डपमा सञ्चालन हुने मेलामा अनलाइन र भौतिक टिकट काट्न सकिने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।

योसँगै नाडा अटो शो, २०२३ को टिकट बुकिङ खुल्ला भएको छ । यस वर्षको अटो शोको प्रतिटिकटको मूल्य २ सय रुपैयाँ तोकिएको आयोजक नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

तर, विद्यार्थीका लागि भने २५ प्रतिशत छुटसहित प्रतिटिकट १५० रुपैयाँ तोकिएको थापाले जानकारी दिए । अटो शोको टिकट बुकिङ तथा अनलाइन डिजिटल पार्टनरमा खल्ती एप रहेको छ ।

मेलाका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिसकिएको र अनलाइनमार्फत टिकट बुक गर्दा २० प्रतिशत क्यास ब्याक समेत पाइने नाडाले जनाएको छ । प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाइने २२ वटा बाहका दुई पाङग्रे ७ वटा ब्राण्डका नाइट कमशियन मेडिकल ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पाटपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको नाडाले जनाएको छ ।

सम्बन्धित समाचारहरू

मंसिर २२ गते हुने नाडाको वार्षिक साधारण सभामा प्रमुख अतिथि बन्न अर्थमन्त्रीलाई आग्रह

मंसिर २२ गते हुने नाडाको वार्षिक साधारण सभामा प्रमुख अतिथि बन्न अर्थमन्त्रीलाई आग्रह

काठमाडौं – नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ८ सदस्यिय...

घाइते अवस्थामा रहको सवारी बजारलाई मलमपट्टी देला त बजेटले ?

घाइते अवस्थामा रहको सवारी बजारलाई मलमपट्टी देला त बजेटले ?

वैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावसँगै समस्यामा पर्न थालेको सवारी...

जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको साधारणसभा सम्पन्न

जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको साधारणसभा सम्पन्न

धनुषा – नाडाको संस्थागत सदस्य जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रथम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...