नाडा अटो शोमा जोनसेनका शक्तिशाली अफरोडदेखि प्रिमियम मोडलका बाइक, मूल्य कति ?
काठमाडौं–काठमाडौंमा जारी नाडा अटो शो २०२५ मा जोनसेनले आफ्ना विभिन्न...
काठमाडौँ - नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १५ औं सस्करणको नाडा अटो शो, २०२३ मा सटल बस सञ्चालन गर्ने भएको छ ।
करिब चार वर्षपछि आयोजना हुँदै गरेको नाडा अटो शोमा निःशुल्क सटल बसको सञ्चालन गर्ने भएको हो । दुई लाखभन्दा बढी अवलोकनकर्ताहरूको सवारी पार्किङको समस्यालाई ध्यानमा राख्दै पहिलो पटक निःशुल्क सटल बसको व्यवस्था गरिएको मेला संयोजक अनुप कुमार बरालले जानकारी दिए ।
यसपटकको नाडा अटो शोमा ठूला तथा साना गरि करिब १२० वटा स्टल र ब्लकहरू रहने छन् । यहीँ आउँदो भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौँस्थित भृकुटीमण्डपमा सञ्चालन हुने मेलामा अनलाइन र भौतिक टिकट काट्न सकिने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
योसँगै नाडा अटो शो, २०२३ को टिकट बुकिङ खुल्ला भएको छ । यस वर्षको अटो शोको प्रतिटिकटको मूल्य २ सय रुपैयाँ तोकिएको आयोजक नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।
तर, विद्यार्थीका लागि भने २५ प्रतिशत छुटसहित प्रतिटिकट १५० रुपैयाँ तोकिएको थापाले जानकारी दिए । अटो शोको टिकट बुकिङ तथा अनलाइन डिजिटल पार्टनरमा खल्ती एप रहेको छ ।
मेलाका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिसकिएको र अनलाइनमार्फत टिकट बुक गर्दा २० प्रतिशत क्यास ब्याक समेत पाइने नाडाले जनाएको छ । प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाइने २२ वटा बाहका दुई पाङग्रे ७ वटा ब्राण्डका नाइट कमशियन मेडिकल ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पाटपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको नाडाले जनाएको छ ।
काठमाडौं–काठमाडौंमा जारी नाडा अटो शो २०२५ मा जोनसेनले आफ्ना विभिन्न...
काठमाडौं– नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा २९ सदस्यीय...
काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संस्थासंग जोडिएर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...