‘टेक्नोलोजी जायन्ट’ हुवावेसँग साझेदारी रहेको ईभी ब्रान्ड सेरेसको अबको गन्तव्य बन्दै नेपाल

विश्वको अग्रणी ‘टेक्नोलोजी जायन्ट’ हुवावेसँग साझेदारी रहेको विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपाली अटो बजारमा प्रवेश गर्ने तयारी गरेको छ । विश्वका ७० वटाभन्दा बढी मुलुकमा बलियो उपस्थिति रहेको सेरेसले एसियामै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारीसाधनको बजार नेपाललाई आफ्नो नयाँ गन्तव्य रुपमा अघि सारेको हो ।

इलेक्ट्रिक कारमा ‘डेडिकेटेड’ ब्रान्ड सेरेस नाडा अटो सोमा सार्वजनिक हुन लागेको हो । एमएडब्लु ग्रुपले सेरेस ब्रान्डलाई नेपाल भित्र्याउन लागेको बताएको छ । हुवावे र सेरेसले केही साताअघि मात्रै आफ्नो साझेदारीलाई विस्तार गर्दै ईभी विकास गर्ने घोषणा गरेको थियो । यी दुई कम्पनीले यो वर्षको अन्तसम्ममा हुवावेको ‘एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’ भएको आफ्नो पहिलो ‘आइटो–ब्रान्डेड’ कार मोडल सार्वजनिक गर्ने योजना बनाएको थियो ।

हुवावेको सहयोगमा सेरेसले सन् २०२६ सम्ममा १० लाख इलेक्ट्रिक कार उत्पादन गर्ने लक्ष्य राखेको छ । उनीहरुले सहकार्यमा आविष्कार केन्द्रको स्थापना गर्ने पनि जनाइसकेको छ । सेरेसले हालसम्म एक लाखभन्दा बढी इलेक्ट्रिक कार डेलिभर गरिसकेको छ ।

प्रविधिको हब मानिने अमेरिकाको ‘सिलिकन भ्याली’मा स्थापना भएको सेरेस ब्रान्डलाई प्राविधिक विशिष्टताका कारण ईभी क्षेत्रमा अग्रज मानिन्छ ।

हुवावे र सेरेसबीचको नयाँ सम्झौताअनुसार बन्ने इलेक्ट्रिक कार बिल्कुल नयाँ प्लेटफर्ममा निर्माण हुनेछ । यसका लागि सेरेसले औद्योगिक संसाधन र नयाँ प्रविधि तथा प्रक्रिया उपलब्ध गराउनेछ । त्यसैगरी, हुवावेले ‘स्मार्ट’ र ‘इनोभेटिभ इन्टरफेस’, ‘एड्भान्स्ड स्मार्ट ड्राइभिङ टेक्नोलोजी’ र पछिल्लो ‘हार्मोनी अपरेटिङ सिस्टम सफ्टवेयर इकोसिस्टम’ बाट चल्ने ‘ककपिट’ उपलब्ध गराउनेछ ।

सेरेसले ‘सिलिकन भ्याली’मा मात्र नभई ७० भन्दा बढी मुलुकमा आफ्नो दमदार उपस्थिति देखाइसकेको छ । ईभीको उपलब्धतालाई सहज र दिगो बनाउनले उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदूषणमुक्त बनाउने दीर्घकालिन लक्ष्य लिएको छ ।

सेरेस नविनतम प्रविधिको विकास गर्न चीनमा मात्र होइन अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक ‘रिसर्च एन्ड डेभलपमेन्ट विङ’लाई संचालन गर्दै आएको छ । ‘ड्राइभिङ’लाई थप पर्यावरणमैत्री र व्यावहारिक बनाउने अभियानमा सेरेसले अग्रणी भूमिका निर्वाह गर्दै आएको बताएको छ ।

आउँदो २६ भदौबाट सुरु हुने नाडा अटो शोमा सेरेसले आफ्नो सफल उत्पादन ‘सेरेस–३’ लाई सार्वजनिक गर्ने योजना बनाएको छ । इलेक्ट्रिक कारको ‘एक्सेप्टेन्स’ एसियामै सबैभन्दा बढी (करिब ६० प्रतिशत) रहेको नेपाली अटोबजारमा सेरेसले चीन र युरोपमा झैं सफलता पाउनेमा एमएडब्लु ग्रुप विश्वस्त भएको बताएको छ ।

सम्बन्धित समाचारहरू

कुन हाइब्रिड कारले कसरी गर्छ काम ?

कुन हाइब्रिड कारले कसरी गर्छ काम ?

एड्भान्स फिचरले सुसज्जित हाइब्रिड कारले बढी माइलेज दिन्छ । हाइब्रिड कार ४...

बुटवलमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट ईभी नामी, अब एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प

बुटवलमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट ईभी नामी, अब एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प

बुटवल – नेपालका लागि डोङफेङ ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...

जगदम्बा मोटर्सले पनि ९९ किलोवाटको ईभी नेपाल भित्र्याउने, मूल्य सार्वजनिक

जगदम्बा मोटर्सले पनि ९९ किलोवाटको ईभी नेपाल भित्र्याउने, मूल्य सार्वजनिक

काठमाडौं – नेपाली बजारमा टीभीएस र प्रोटोन लगायतका सवारी साधन बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...