कर्जा, कर र भन्सारमा छुट दिनु सकारात्मक कदम : नाडा
काठमाडौँ–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट थलिएको उद्योग, व्यापार...
काठमाडौं – आगामी भदौ ३ देखि ८ गते सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सम्पन्न हुने नाडा अटो शो २०२५ को उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने भएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सो जानकारी दिएको हो ।
यो केवल प्रदर्शनी मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब हुने बताइएको छ । ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकिय तन्त्रलाई एकै छानामुनी ल्याउने नाडा अध्यक्ष करण चौधरीले बताए ।
नाडा अटो शो २०२५ मा युनिट्री रोबोट र दिपल ईभीटीओएल यूएभी प्रदर्शन गरिने बताइएको छ । यी दुई प्रविधिले स्वचालन र बुद्धिमताको नयाँ युगको प्रतीक र भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक प्रस्तुत गर्नेछन् ।
यसका अतिरिक्त १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हलुका व्यावसायिक सवारी साधन ब्रान्ड र ४ वटा दुईपांग्रे सवारी साधन ब्रान्डका साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरु संलग्न ३५ कम्पनीहरुको सहभागिता रहने छ ।
१२५ भन्दा बढी प्रदर्शकहरु संलग्न रहने उक्त अटो शोमा १ लाख भन्दा बढी अवलोकनकर्ता हुने नाडाले अपेक्षा गरेको बताएको छ । ३ लाख वर्गफुट क्षेत्रफल र १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्र सहित यो नेपालको हाल सम्मकै सबैभन्दा ठूलो अटो शो हुने दावी समेत आयोजकको छ ।

नाडा अटो शो २०२५ को टाइटल स्पोन्सर एमएडब्लु वृद्धि अर्थात युनिट्री हुनेछ । त्यसैगरी को–स्पोन्सर शिखर इन्स्योरेन्स, पावर्ड बाई क्याम्पा कोला, मोबिलिटी पार्टनर याङगो, टिकेटिङ पार्टनर खल्ती बाई आईएमई, इन्टरनेट पार्टनर वर्ल्डलिंक, सर्भिलियन्स पार्टनर सीसीटीभी नेपाल, फायर सेफ्टी पार्टनर हिमालयन सेफ्टी सोलुसन र हस्पिटल पार्टनर किस्ट हस्पिटल हुनेछ ।
हस्पिटालिटी पार्टनर द प्लाजा हुने नाडा अटो शो २०२५ को डोर प्राइज नेपाल ल्युब आयलले उपलब्ध गराउने छ । ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिले इभेन्ट व्यवस्थापन गर्नेछ ।
सुविधा र सुरक्षाका लागि दुईपांग्रे, चारपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स र वित्तीय सेवालाई सुविधाजनक जोनमा विभाजन गरिने छ । खल्ती एपमार्फत टिकट खरिद गर्न सकिने भने मिडिया डेस्क, ट्राफिक सूचना डेस्क र आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी आदिको व्यवस्था हुनेछ ।
अटो शोको प्रमुख आकर्षणको रुपमा भिन्टेज मोटर शो समेत हुनेछ । यसमा विभिन्न कम्पनीका ऐतिहासिक सवारी साधनहरुको प्रदर्शनी हुनेछ । त्यसैगरी मेड इन नेपाल र इन्टरनेसनल बिजनेस प्याभिलियन हुनेछ ।
यसका अतिरिक्त सेमिनार, कार्यशाला, अन्तरक्रिया र दैनिक भाग्यशाली विजेता घोषणा गरिने छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...