बजेटले आयात रोकेर एसेम्बलमा जान प्रेरित गरेको नाडा अध्यक्ष ध्रुव थापाको भनाइ
सरकारले हिजो सार्वजनिक गरेको बजेटका विषयमा विभिन्न क्षेत्रहरुबाट...
काठमाडौं - आगामी भाद्र ३ गतेदेखि सुरु हुने १७औं नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेट गरी उक्त अनुरोध गरेको थियो, जसलाई प्रधानमन्त्रीले सहर्ष स्वीकार गरेका हुन्।
नाडा अटो शो, जुन यस वर्ष भाद्र ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ, नाडाको ५०औं वार्षिकोत्सवको अवसरमा हुँदैछ। यस वर्षको प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शकको सहभागिता, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, विद्युतीय, हाइब्रिड र स्मार्ट मोबिलिटीका समाधानहरू र भिन्टेज मोटर शो रहेका छन् ।
प्रधानमन्त्रीले अटो शोको उद्घाटन गर्न स्वीकार गरेपछि अटोमोबाइल व्यवसायीहरू उत्साहित भएका छन्। भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंघानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेलको पनि उपस्थिति रहेको थियो।
सरकारले हिजो सार्वजनिक गरेको बजेटका विषयमा विभिन्न क्षेत्रहरुबाट...
काठमाडौं – नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...