नाडा अटो शो २०२३ मा १२० स्टल र ब्लक रहने, चार पांग्रे १६ र दुई पांग्रे २२ ब्रान्ड सहभागी हुने

काठमाडौं – आगामी भाद्र २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शो २०२३ मा ठूला तथा साना गरी करिव १२० स्टल र ब्लकहरु रहने भएका छन् ।

उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहने छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित कार्यक्रममा यस सम्बन्धी जानकारी प्रदान गरिएको हो । प्रदर्शनीमा चार पांग्रे १६ र दुई पांग्रे २२ ब्रान्डको सहभागिता रहने छ ।

त्यसैगरी ७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ९ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने छ ।

सो अवसरमा प्रदर्शनीलाई बढी जानकारीमूलक बनाउन वित्तीय सेवा, बिक्री पछिको सेवा आदि उपलब्ध गराउने संस्थाका साथै अटोमोबाइल सम्बन्धी म्यागेजिन र पत्रपत्रिकाहरुका लागि समेत एउटा छुट्टै मिडिया स्टल रहने छ ।

आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी जानकारी दिन ट्राफिक प्रहरी महाशाखा, काठमाडौंको सूचना कक्ष समेत प्रदर्शनीमा रहने छ ।

नाडा अध्यक्ष ध्रुव थापाले यस पटकको अटो शोलाई थप व्यवस्थित बनाइने बताए । महानगर यातायातको सहयोगमा निःशुल्क सटल बसको व्यवस्था र अन्य विभिन्न सुविधा समेत उपलब्ध हुने उनले जानकारी दिए ।

नाडा अटो शो २०२३ समिति सभापति अनुप कुमार बरालले अटो क्षेत्र चलायमान नभएको बेलामा पनि प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन मेलाले सहज बनाउने बताए ।

नाडा अटो शो २०२३ को शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युइन आयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ ।

यसैगरी प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकेटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंक, फायर सेफ्टी सपोर्टमा हिट्को प्रालि तथा हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल रहेको छ ।

आगामी भाद्र २५ सम्म अग्रिम अनलाइन टिकट खरिदमा खल्तीले २० प्रतिशत क्यासब्याकको व्यवस्था समेत गरेको छ । टिकट किन्नेहरुका बीचमा लक्की ड्र गरी एक जनाले याडिया ई८एस प्रो इलेक्ट्रिक स्कुटर जित्न सकिने व्यवस्था समेत रहेको छ । सर्वसाधारणका लागि टिकटको मूल्य २ सय रुपैयाँ रहेको छ भने विद्यार्थीका लागि १५० रुपैयाँ रहेको छ ।

पहिले देखि नै रोकिएको र नेपालीहरुको महान चाडपर्वको पूर्व सन्ध्यामा हुने अटो शोमा करिव ७५ हजार अवलोकनकर्ता हुने आयोजकको अनुमान छ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

नाडाले सार्वजनिक ग-यो बजेट वारेमा धारणा : अधिकांश असन्तुष्टि, थोरै सन्तुष्टि

नाडाले सार्वजनिक ग-यो बजेट वारेमा धारणा : अधिकांश असन्तुष्टि, थोरै सन्तुष्टि

धेरै समय अघि देखि विद्युतीय सवारी साधनहरुमा लाग्ने महशुल दरहरुमा विभिन्न...

देशमै आयआर्जनको वातावरण बनाइदिन उद्योगमन्त्रीलाई नाडाको आग्रह

देशमै आयआर्जनको वातावरण बनाइदिन उद्योगमन्त्रीलाई नाडाको आग्रह

काठमाडाैं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग देशका...

नाडाको नयाँ कार्यसमितीको सपथ ग्रहणका लागि कानुनी बाटो खुल्यो, अदालतद्वारा रिट खारेज

नाडाको नयाँ कार्यसमितीको सपथ ग्रहणका लागि कानुनी बाटो खुल्यो, अदालतद्वारा रिट खारेज

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को विवाद अदालतले टुंगो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...