नाडा अटो डायलग–२०८१ को पहिलो सेसनमा वक्ताहरुले व्यक्त गरे यस्तो विचार

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आज अयोजना गरेको अटो डायलग २०८१ को पहिलो सेसन सम्पन्न भएको छ । ‘अटोमोबाइल क्षेत्रका लागि दिर्घकालिन निति’ विषयक शिर्षकमा गरिएको उक्त छालफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारी , नेपाल बैंकर्स एसोसिएसनमा अध्यष सन्तोष कोइराला र काठाडमाडौं विश्वविद्यालयका मेकानिकल इन्जिनियरिङ डिपार्टमेन्ट प्रमुख प्रा.डा. विमप्रसाद श्रेष्ठले आ–आफ्नो बिचार ब्यक्त गरे ।

कार्यक्रममा काठाडमाडौं विश्वविद्यालयका मेकानिकल इन्जिनियरिङ डिपार्टमेन्ट प्रमुख प्रा.डा. विमप्रसाद श्रेष्ठले नेपाली अटो बजार ईभीमा सिफ्ट भैसकेकाले सोही अनुरुप दक्ष जनशक्ती उत्पादन गर्नुपर्नेमा जोड दिए । ‘प्यासेन्जर र प्राइभेट दुबै सेग्मेन्टका सवारीसाधन ईभीमा सिफ्ट हुँदै गएका कारण सोही अनुरुप नेपालले पनि विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने क्षमताका दक्ष जनशक्ति उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्छ ’ उनले भने ।

साथै उनले, आईसिई गाडी मर्मतसम्भार गर्दै आएका टेक्निसियनको क्षमता अभिबृद्धि गर्न र उनीहरुलाई ईभी गाडीको समेत मर्मतसम्भार गर्न सक्ने बनाउन नाडा लगायत संस्थाले तालिम दिनुपर्नेमा जोड दिए । ‘ईभी नयाँ प्रबिधी भएकाले यस क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव कायमै छ । यस्तो अवस्थामा नाडाले काठमाडौं विश्वविद्यालयजस्ता संस्थाहरुसंग सहकार्य गरी हाल आईसिई गाडीको मर्मतसम्भार गर्दै आएका टेक्निसियनलाई तालिम दिएर दक्ष बनाउन सकिन्छ । यसले ईभीका लागि आवश्यक जनशक्ती तयार पार्नुको साथै उनीहरुको रोजगार समेत सुरक्षित बनाउँछ’ उनले भने ।

कार्यक्रमको अर्को वक्ता नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले पछिल्लो समय बैंकहरुले ईभीमा ठूलो लगानी गर्दै आएको बताए । ‘बैंकहरुले सपोर्ट गरेकै कारण पनि नेपालमा ईभीले छिट्टै बजार विस्तार गर्न सकेको हो । गएको ६/७ महिनामा बाणिज्य बैंकहरुले मात्र १ खर्व २९ करोड रुपैयाँ अटोमोबाइल क्षेत्रमा लगानी गरेको छ । यसमा ठूलो हिस्सा ईभीले लिएको छ’ उनले भने ।

ईभीमा बैंकहरु उदार भएजस्तै आयातकर्ता कम्पनीहरु समेत पूर्बाधार विस्तार र बिक्री पछिको सेवामा केन्द्रित बन्नुपर्ने उनको भनाई छ । ‘ईभीमा प्रयोग हुने ब्याट्रीको लाइफ साइकल तथा रिप्लेसमेन्ट, इन्जिनियरिङ र बिक्री पछिको सेवामा देखिएको अन्योलतामाझ बैंकहरुले यस क्षेत्रमा लगानी बढाउँदै गएको छ । अटोमोबाइल क्षेत्रमा कुनै अनुभव नै नभएका व्यवसायीले समेत ईभी आयात गर्न थालेका कारण कतै भोलिका दिनमा यो क्षेत्र समस्यामा पर्ने त होइन भनेर सोच्नुपर्ने अबस्था आएको छ ’ उनले भने ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले कुनैपनि देशको सडकमा गुड्ने सावरीसाधनको अबस्थाले त्यस देशको आर्थिक अबस्थालाई प्रतिविम्वत गर्ने बताए । उनले सरकारी निकायले लहरमा नलागी प्याट्रनका आधारमा निति बनाउने हुँदा सोचविचार गरेरमात्रै व्यवसाय गर्नुपर्ने सुझाब दिए ।

‘दिर्घकालिन अवस्थालाई हेर्दा नेपालले ईभीलाई प्रोत्साहन गर्नु ठिक भएपनि तत्कालका लागि गरिबी हटाउनु सरकारका लागि प्रमुख दायित्व भएकाले ईभीमा कुन हदसम्म उदार बन्न सकिन्छ भनेर निति निर्माताले सोच्नुपर्छ ’ उनले भने । बिश्व बजारनै ईभीमा सिफ्ट भएका कारण अव नेपाल पछाडी फर्केर पुरानै आइसिई गाडीमा केन्द्रित हुन नसक्ने उनको भनाई छ ।

सम्बन्धित समाचारहरू

भुकम्प पिडितलाई आरएसके ट्रेड कन्सर्नको सहयोग

भुकम्प पिडितलाई आरएसके ट्रेड कन्सर्नको सहयोग

काठमाडौं– स्पेयर पार्ट्स ब्यवसायमा संलग्न कम्पनी आरएसके ट्रेड कन्सर्नले...

यस्तो छ थापा प्यानलबाट उम्मेदवारी दिने व्यवसायीको सवारी साधन कारोबारमा संलग्नता

यस्तो छ थापा प्यानलबाट उम्मेदवारी दिने व्यवसायीको सवारी साधन कारोबारमा संलग्नता

नाडामा नयाँ नेतृत्वको लागि २ दिनपछि चुनाब हुँदै छ । मंसिर २३ गते हुने...

नाडामा सिप्रदी ट्रेडिङ र ज्योति ग्रुपबाट मात्रै ३/३ पटक नेतृत्व, को को भए अध्यक्ष ?

नाडामा सिप्रदी ट्रेडिङ र ज्योति ग्रुपबाट मात्रै ३/३ पटक नेतृत्व, को को भए अध्यक्ष ?

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा सिप्रदी ट्रेडिङ र ज्योति ग्रुपबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...