आज नाडाको ४७औं साधारण सभा हुँदै, नयाँ कार्यसमिति बन्दै

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७औं साधारण सभा आज हुँदैछ । होटल सोल्टीमा आयोजना हुने उक्त साधारण सभाले करण चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति समेत घोषणा गर्नेछ ।

कार्यसमिति यस अघि नै निर्विरोध चयन भएको सार्वजनिक भइसकेको छ । यस पटक सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ । यस अघि अध्यक्षको उम्मेदवारको रुपमा करण चौधरी र आकाश गोल्छाका साथै प्रकाश कपुरी समेत चर्चामा थिए ।

अध्यक्षमा करण चौधरी सहित कार्यसमितिमा साधारण सदस्यका तर्फबाट राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ, आकाश गोल्छा, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, मिलनबाबु मल्ल, बिक्रम सिंघानिया, पंकज अग्रवाल, यमुना श्रेष्ठ, प्रदिपमान प्रधान, कपिल शिवाकोटी, प्रकाश कपुरी, दिपेन्द्रकुमार मिश्र, रिद्धि कार्की, नवराज भुसाल, सौरभ थापा र संजयकुमार खेतान सर्वसम्मत चयन भएका हुन् ।

संस्थागत सदस्यका तर्फबाट सञ्जयकुमार श्रेष्ठ (मोरङ अटोमोबाइल एसोसिएसन), तेज नारायण शाह (जानकी अटोमोबाइल एसोसिएसन), कुलबहादुर क्षेत्री (चितवन अटोमोबाइल एसोसिएसन), कृष्णप्रसाद श्रेष्ठ (पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन), गणेशप्रसाद भट्टराई (लुम्बिनी अटोमोबाइल एसोसिएसन अफ नेपाल), भद्र भण्डारी (कर्णाली अटोमोबाइल एसोसिएसन) र पुष्करराज ओझा (सुदूर पश्चिम अटोमोबाइल डिलर्स एसोसिएसन) कार्यसमिति सदस्यमा चयन भएका छन् । अन्य केही सदस्यहरु समेत पछि कार्यसमितिले मनोनयन गर्नेछ । कार्यसमितिबाटै आगामी दिनमा पदाधिकारी समेत चयन हुनेछ ।

यो भन्दा अघिल्लो कार्यकालका लागि भने देश दौडाहा गरेर व्यवसायीहरुले चुनावी माहोल तयार गरेका थिए । अहिलेकै अध्यक्ष करण चौधरी र ध्रुव थापाबिच भएको चुनावमा ध्रुव थापा विजयी बनेका थिए । दुई प्यानल बनाएका अटोमोबाइल व्यवसायीहरुको कार्यसमितिमा भने मिश्रित नतिजा आएको थियो । तर अहिले सर्वसम्मतबाटै कार्यसमिति चयन भएको छ ।

वर्तमान अध्यक्ष ध्रुव थापाकै पहलमा यस पटक भने चुनाव विनै नयाँ कार्यसमिति चयन भएको छ । यसबाट अटोमोबाइल व्यवसायीहरुले चुनाव वास्तवमा नाडाका लागि उपयुक्त छैन र सबै व्यवसायी मिलेर अटोमोबाइल व्यवसायको हित हुने गरी कार्यसमिति चयन गर्नुपर्छ भन्ने स्पष्ट सन्देश प्रवाह भएको छ । व्यवसायीहरु एक अर्कामा मिलेर नै अगाडि बढ्नु पर्छ भन्ने सन्देश यसले दिएको छ ।

नाडाले व्यवसायीहरुको हितमा खासै काम गर्न नसकेको भनेर आलोचना खेप्दै आएको छ । मन्त्री र सरकारी निकायका प्रमुखहरुलाई भेटेर सुझाव दिने कार्य मात्र गरेको, तर नतिजा नआएको भनेर व्यवसायीहरुले नै चर्चा गर्न थालेका छन् । यो अवस्थामा ‘इफोर्ट’ भन्दा ‘रिजल्ट’ हेर्नुपर्छ भन्ने जमात बढ्दै गएको छ । यस प्रकारको असन्तुष्टिलाई चिर्नु नै अबको प्रमुख चुनौती रहेको छ ।

नाडाको विधान अनुसार अध्यक्ष बाहेक १७ जना निर्वाचित सदस्य, प्रदेशबाट ७ जना, ३ जना अध्यक्षबाट मनोनित र निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहने प्रावधान रहेको छ । २९ जनाको कार्यसमितिबाट एक जना अध्यक्ष, ४ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष एकएक जना गरी कुल ९ जनाको पदाधिकारी टिम बन्ने छ ।

सम्बन्धित समाचारहरू

अटो शोमा नेपालमै बनेका ब्याट्री र लुब्रिकेन्ट्सदेखी विभिन्न ब्रान्डका कम्पोनेन्ट

अटो शोमा नेपालमै बनेका ब्याट्री र लुब्रिकेन्ट्सदेखी विभिन्न ब्रान्डका कम्पोनेन्ट

काठमाडौं–भोलीदेखी सुरु हुने नाडा अटो शोमा सवारीसाधनसंगै विभिन्न...

नाडा अटाे शाे काे लागि ‘खल्ती एप’बाट टिकट बुकिङ गर्न सकिने

नाडा अटाे शाे काे लागि ‘खल्ती एप’बाट टिकट बुकिङ गर्न सकिने

काठमाडौँ – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १५ औं सस्करणको नाडा अटो...

मन्दीको प्रभाव देखियो यसरी : हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए

मन्दीको प्रभाव देखियो यसरी : हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए

वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...