यसकारण सार्वजनिक भएन नेपालमै लोकप्रिय महिन्द्रा ईटुओको नयाँ मूल्य सूची
काठमाडौं – नेपाली बजारमा केही दिन यता इलेक्ट्रिक कारहरुको नयाँ मूल्य सूची...
काठमाडौं – टाटाको विद्युतीय ट्याक्सी एक्सप्रेस–टी किन्न नबिल बैंकले ८० प्रतिशत ऋण उपलब्ध गराउने भएको छ।
टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र नबिल बैंकबीच यस सम्बन्धी आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
नबिल बैंकले उक्त ट्याक्सी खरिद गर्न ८० प्रतिशत ऋण उपलब्ध गराउने जनाएको छ। यसैगरी, टाटाको ईभी ट्याक्सी ग्राहकहरुले २० प्रतिशत मात्र डाउन पेमेन्ट गरेर किन्न सक्ने सिप्रदीले जनाएको छ।
यो ऋणको समयावधि ७ वर्षसम्मको लागि हुनेछ। यसको ब्याजदर १४.१० प्रतिशत कायम गरिएको छ। यसका लागि पाटनमा रहेको बैंकको शाखाबाट ऋण उपलब्ध हुने नबिल बैंकले जनाएको छ।
एक्सप्रेस–टी टाटा मोटर्सको प्रिमियम फ्लिट इलेक्ट्रिक सेडान हो, जसमा सहज ड्राइभिङ अनुभव र अन्य सविधाहरुको सही संयोजनको लागि उत्कृष्ट विशेषताहरू रहेको कम्पनीले जानकारी दिएको छ।
एक्सप्रेस–टी ईभी छनोट गर्ने कुनै पनि ट्याक्सी फ्लिट अपरेटरले टाटा मोटर्सबाट खरिदका लागि अब थप सहज र छिटो प्रक्रियामा ऋण पाउने बताइएको छ।
बैंकका अनुसार फ्लिट संचालनबाट हुने आम्दानीलाई पनि मासिक ईएमआई पुरा गर्नका लागि विचार गरी लिइनेछ, जसले गर्दा फ्लिट मालिकहरूलाई आफ्नो बक्यौता तिर्न सजिलो हुन्छ।
नेपालमा ईभीको प्रयोगलाई तीव्रता दिन टाटा मोटर्स र सिप्रदीले प्रिमियम फ्लिट ईभीसँग विभिन्न प्रकारका फाइदाहरू प्रदान गर्दै आएको छ। यस अन्तर्गत अग्रणी सुविधाहरूदेखि लिएर फ्लिट ईभीलाई आवश्यक डेडिकेटेड चार्जिङ स्टेसन र सर्भिसिङसम्मका सुविधा उपलब्ध छन्।
काठमाडौं – नेपाली बजारमा केही दिन यता इलेक्ट्रिक कारहरुको नयाँ मूल्य सूची...
काठमाडौँ – नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै...
कस्टमाइज्ड भेइकल र साउन्ड इन्जिनियरिङ्गको निर्माणमा विशेषज्ञता प्राप्त...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...