विवाइडी कार किन्नेलाई १२.९९ प्रतिशत व्याजदरमा नविल वैंकले कर्जा दिने

विवाइडी व्रान्डका इलेक्ट्रिक कार किन्ने ग्राहकलाई नविल वैंकले सहज रुपमा लोन दिने भएको छ । विवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालि र नविल वैंकविच भएको सम्झौता अनुसार ग्राहकलाई वैंकले ८० प्रतिशतसम्म कर्जा दिने सहमती भएको हो ।

उक्त कर्जामा १२.९९ प्रतिशत व्याजदर लाग्ने उल्लेख गरिएको छ । कारको मूल्यको २० प्रतिशत रकम डाउनपेमेन्ट वापत भुक्तानी गर्दा वाँकी हुन आउने ८० प्रतिशतलाई ग्राहकले व्याजसहित ७ वर्षभित्र भुक्तानी गरिसक्नुपर्ने छ ।

नविल वैंकले यसअघि टाटा र हुन्डाइका विद्युतिय कारको खरिदमा समेत सोही व्याजदरमा लोन दिने सम्झौता गरिसकेको छ । विद्युत्तिय कारलाई राज्यस्तरबाटै प्रवद्र्धन गर्ने अभियान अनुरुप राष्ट्र वैंकले यस्ता गाडीको खरिदमा वैंकहरुले ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने निती लिएको छ ।

सोही निती अन्तर्गत अहिले वैंकहरुले इभी विक्रेता कम्पनीसंग सम्झौता नै गरेर कर्जा प्रवाह गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

हुवावेसँग साझेदारीसँगै सेरेसको नाफामा वृद्धि

हुवावेसँग साझेदारीसँगै सेरेसको नाफामा वृद्धि

चाइनिज ईभी निर्माता कम्पनी सेरेसले टेक्नोलोजी जायन्ट हुवावेसँग साझेदारी...

सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ दुई भेरिएन्टमा नेपालमा उपलब्ध हुने

सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ दुई भेरिएन्टमा नेपालमा उपलब्ध हुने

काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ नेपाली बजारमा दुई भेरिएन्टमा...

ओमोडा ई५ अब नेपालमा, मूल्य र फिचर यस्तो

ओमोडा ई५ अब नेपालमा, मूल्य र फिचर यस्तो

काठमाडौं – नेपाली बजारमा ओमोडा ई५ इलेक्ट्रिक गाडी औपचारिक रुपमा सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...