नयाँ ब्रान्ड ‘चुफेङ’को नेपाल प्रवेश, एम३१ए इलेक्ट्रिक मिनी पिकअप आउँदै
काठमाडौं–नेपालको अटोमोबाइल बजारमा व्यावसायिक तथा विद्युतीय सवारीसाधनको...
काठमाडौं– नविल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत कर्जा सुविधा दिने भएको छ । कर्जा सुविधासम्बन्धी बैंकले ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिसँग सम्झौता गरेको हो ।
बैंकका अनुसार नबिलमा खाता भएका ग्राहकले यो सुविधा लिन सक्नेछन् । स्कुटर किन्दा २ लाखसम्म कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । साथै यो सुविधा अनलाइनमार्फतबाट पनि लिन सकिन्छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले आवश्यक कागजातसहित एफडी मोटर्सको सोरुममा गएर क्रेडिट कार्डमार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्ने बैंकले जनाएको छ ।
एफडी मोटर्सले हाल दुईवटा मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । एफ फाइबको मूल्य २ लाख ६१ हजार ९९९ रुपैयाँ छ भने एफ फाइब ए को मूल्य २ लाख ९७ हजार ९९९ रुपैयाँ छ । छिटै ग्रन्थ ईभीले एफ फाइब प्रो र एफ फाइब ए प्रो बिक्रीको लागि ल्याउने जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...