विशेष अफरका साथ नामी भिगो अब इटहरीमा पनि

काठमाडौं–डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा ‘नामी भिगो’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो मोडलले बलियो डिजाइन, स्मार्ट विशेषता र उत्कृष्ट प्रदर्शनका साथ नेपालमा मिड–साइज इलेक्ट्रिक एसयूभीको स्तरलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ ।

नामी भिगोको ‘म्याजिक कर्भ’ डिजाइनले आधुनिक सौन्दर्य र एरोडाइनामिक संरचनाको संयोजन प्रस्तुत गर्दै नामी ब्रान्डको नयाँ डिजाइन पहिचान विकास गरेको कम्पनीले जनाएको छ । यो मोडलमा रहेको ९९ किलोवाट मोटरले शहरदेखि राजमार्गसम्म शक्तिशाली एक्सेलेरेसन र स्मूथ ड्राइभिङ अनुभव प्रदान गर्छ ।

यसमा दुई ब्याट्री विकल्प उपलब्ध छन् । पहिलो ४४.९४ किलोवाट आवर क्षमताको ब्याट्री जसको डब्लुएलटीपी रेन्ज ३०० किलोमिटर छ, र दोस्रो ५१.८७ किलोवाट आवर ब्याट्री जसले ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसले १६७ किलोवाट फास्ट चार्जिङ सपोर्ट गर्दछ, जसले ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म केवल १८ मिनेटमै चार्ज गर्न सक्छ । कम्पनीका अनुसार यसले केही मिनेटमै करिब ११५ किलोमिटर दूरी थपिने सुविधा प्रदान गर्छ ।

गाडीको भित्री भाग अत्याधुनिक र आरामदायी बनाइएको छ । यसमा १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड जिरो–प्रेसर सीटहरू, र पानोरेमिक मोनोरुफ जस्ता विशेषताहरू छन्, जसले चालक र यात्रु दुवैलाई प्रिमियम अनुभव दिन्छ ।

सुरक्षाका दृष्टिले पनि नामी भिगो उच्चस्तरको छ । यसमा जिरो फायर–एक्स्प्लोजन परीक्षण पार गरेको ब्याट्री सिस्टम, ६८.४ प्रतिशत उच्च–सामथ्र्यको स्टिल बडी र ६ वटा एअरब्यागहरूको संयोजन गरिएको छ, जसले गाडीलाई सुरक्षित र भरपर्दो बनाएको कम्पनीले जनाएको छ ।

नामी भिगो ई२ भेरियन्टको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ र ई२ प्लस भेरियन्टको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । विशेष प्रारम्भिक अफर अन्तर्गत भिगो ई२ ३७ लाख ९९ हजार र ई२ प्लस ४० लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

कारमा दुई भागमा खुल्ने टेलगेट, बाहिरी मनोरञ्जनका लागि एक्सटेरियर म्यूजिक स्पिकर, संगितको ताल र मुडसंगै चल्ने म्यूजिक–सिंक एम्विएन्ट लाइटिङ, मेमोरी र वलकम सीट तथा ३ सी फास्ट चार्जिङ सिस्टम लगायत सेग्मेन्ट फर्स्ट फिचर दिइएको छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२५ मा टाटाका ईभी बुकिङ गर्दा लाइफ टाइम चार्जिङ निःशुल्क हुने

नाडा अटो शो २०२५ मा टाटाका ईभी बुकिङ गर्दा लाइफ टाइम चार्जिङ निःशुल्क हुने

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा आज देखि प्रारम्भ भएको नाडा अटो शो २०२५...

एमएडब्लु ग्रुपले सार्वजनिक ग-यो द बिग ह्याच विथ फाइभ स्टार लक्जरी प्रिमियम ईभी नामी

एमएडब्लु ग्रुपले सार्वजनिक ग-यो द बिग ह्याच विथ फाइभ स्टार लक्जरी प्रिमियम ईभी नामी

काठमाडौं – प्रतिष्ठित अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले विश्वस्तरीय कार...

विश्वकै एड्भान्स्ड भेइकल फ्यासिलिटीबाट उत्पादन भएको जिकर ००१ ईभी सार्वजनिक ग-यो गिलीले

विश्वकै एड्भान्स्ड भेइकल फ्यासिलिटीबाट उत्पादन भएको जिकर ००१ ईभी सार्वजनिक ग-यो गिलीले

चीनको प्रसिद्ध अटोमोबाइल निर्माता कम्पनी गिली (जिली) को नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...