नेपाली बजारमा अब इकुटर ई३ इलेक्ट्रिक स्कुटर, गरियो अनावरण
काठमाडौं — जिरो इमिसन राइड एनले नेपालमा इकुटर ई३ विद्युतीय स्कुटरको भव्य...
दाङ–डोङफेङ ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धिले दाङमा अत्याधुनिक ‘स्टेट–अफ–दि–आर्ट’ शोरूम सञ्चालनमा ल्याएको छ ।
राप्ती अटोमार्ट प्रालि सँगको साझेदारीमा उद्घाटन गरिएको यस शोरूमले पश्चिम नेपालमा विद्युतीय यातायात प्रवद्र्धनतर्फ एक महत्वपूर्ण कदम चाल्ने जनाइएको छ । नयाँ शोरूमबाट डोङफेङ र सेरेस ब्रान्डका सवारी साधनहरूको बिक्री, सेवा र स्पेयर पाट्र्सको पूर्ण सुविधा उपलब्ध हुनेछ ।
उद्घाटन कार्यक्रममा एफएनसिसीआई दाङका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ प्रमुख अतिथि थिए भने डोङफेङ मोटर इन्डस्ट्रि इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेडका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक हे जिक्सिन विशेष अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा एमएडब्लु बृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लु वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्तलगायत उद्योग क्षेत्रका प्रतिनिधि, अटोमोबाइल पारखी र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
शोरूम उद्घाटनसँगै एमएडब्लु वृद्धि र राप्ती अटोमार्टले स्मार्ट इलेक्ट्रिक एसयुभी ‘नामी भिगो’को औपचारिक अनावरण पनि गरेका छन् । डोङफेङको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित नामी भिगोमा ९९ किलोवाट मोटर, ३५० किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेन्ज, आकर्षक म्याजिक क्युब डिजाइन र लेभल–२ एडास सुरक्षा प्रविधि समावेश छ । साथै, यसमा १८ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने अल्ट्रा–फास्ट चार्जिङ सुविधा उपलब्ध छ ।
कम्पनीका अनुसार, उद्घाटन अवसरमा दाङमा ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ पनि सुरु गरिएको छ । क्याम्प अवधिभर ग्राहकहरूले नामी भिगो तथा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन् ।
यससँगै ७ किलोवाट फास्ट चार्जर, ३.५ किलोवाट पोर्टेबल चार्जर, निःशुल्क अटो प्लस बीमा तथा पुराना सवारी साधनको आकर्षक मूल्याङ्कन सुविधा उपलब्ध गराइनेछ । सेरेस मोडेलमा अधिकतम ६ लाख रुपैयाँसम्मका विशेष लाभहरू पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।
काठमाडौं — जिरो इमिसन राइड एनले नेपालमा इकुटर ई३ विद्युतीय स्कुटरको भव्य...
काठमाडौं – भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको सोरुम हेटौंडा र...
काठमाडौं – चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको फरथिङ फ्राइडे ईभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...